काठमाडौं- विश्वका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका सगरमाथा क्षेत्रमा अलपत्र परेको १ सय ७३ जना विदेशीको शनिबार लुक्लाबाट उद्धार गरिएको छ।
विदेशी उद्धारका लागि नेपाल एयरलाइन्स, तारा, सिता र समिट एयरले लुक्लामा १२ उडान गर्दै उनीहरुको उद्धार गरेका हुन्। यसबाहेक कैलाश हेलिकोप्टरले पनि दूईवटा उडान मार्फत विदेशीको उद्धार गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
लुक्लाबाट विदेशी नागरिकसँगै ५ जना नेपालीको पनि उद्धार गरिएको छ।शनिबार नेपाल एयरलाइन्सले लुक्लामा ५, तारा ४, सिता २ र समिट एयरले १ वटा उडान गर्दै विदेशीको उद्धार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।