काठमाडौं- चीनले स्थलमार्गबाट नेपाल पठाउने भनेको २ हजार थान मेडिकल किट नपठाउने भएको छ। नेपाल पठाउने सामानको गुणस्तर नपुगेको भन्दै चीनले ती मेडिकल किट नपठाउने जानकारी नेपाली अधिकारीहरुलाई गराएको छ।
चिनियाँ पक्षले ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमार्फत सामान नपठाउने जानकारी गराएको हो। चीनले शनिबार तातोपानी भन्सार आइपुग्ने गरी ती सामान पठाउने जानकारी गराएपछि सरकारले बन्द रहेका तोपानी र रसागढी भन्सार कार्यालय खोल्ने निर्णय गरेको थियो।
चीनले मेडिकल किट पठाउने भन्दै तातोपानी भन्सारलाई स्ट्यान्डबाइ राख्ने निर्णय गरेसँगै भन्सारसँगै स्वास्थ्य र कृषिका कर्मचारी तातोपानी गइसकेका थिए।
'गुणस्तर नपुगेको भन्दै चीनले सामान पठाउन अस्वीकार गरेको खबर हामीलाई आएको छ,' भन्सार विभाग स्रोतले भन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।