काठमाडौं– नेपाल एयरलाइन्सको वाइडबडी जहाज अप्रिल १ मा अस्ट्रेलिया जाने भएको छ। उडानमा अस्ट्रेलियाले नेपालमा रहेका आफ्नो देशको नागरिक फिर्ता लैजाने भएको छ।
अस्ट्रेलियाले हाल नेपालमा रहेका नागरिकलाई काठमाडौंमा उद्धार गरेर ल्याउन थालेको छ। काठमाडौंमा उद्धार गरिएका आफ्नो नागरिक लैजान अस्ट्रेलियाली दूतावासले नेपाल एयरलाइन्सको जहाज चार्टरको गरेको छ।
नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया लैजान गरी चार्टरको तयारी भएको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीप जुहारचनले जानकारी दिए।
‘अप्रिल १ मा अस्ट्रेलियाको सिड्नी जाने फिक्स भएको छ,’ उनले भने ‘वाइडबडी जहाज नै प्रयोग हुन्छ।’
नेपाल एयरलाइन्ससँग अहिले दुई वटा वाइडबडी जहाज छन्।
शनिबार मात्रै एउटा वाइडबडी मेकिडल सामान लिन चीनको गोन्जाउ गएको छ। जहाज शनिबारै राती नेपाल आइपुग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।