काठमाडाैं- कोरोना परीक्षणका लागि संकलन भएको नमुना लिन नेपालगञ्ज गएको नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) को वाई-१२ दुर्घटना भएपछि निगमले पुनः अर्को जहाज पठाएको छ। निगमले ट्विनअटर जहाज नेपालगञ्ज पठाएको हो।
वाई-१२ जहाज रन-वेबाट चिप्लिएर घाँसेमैदानमा पुगेपछि सोको प्रारम्भिक अध्ययनका लागि प्राविधिकसमेत सोही जहाजमा नेपालगञ्ज प्रस्थान गरेका छन्।
टि्वनअटर जहाजले नमुनासँगै यसअघि दुर्घटनामा परेका चालकदलका ३ सहित ५ जनालाई पनि ल्याउने छ। दुर्घटनामा परेको जहाजमा ५ जना भएपनि उनीहरू सबै सकुशल छन्।
यसअघि विभिन्न अस्पतालमा संकलन गरेर विमानस्थल ल्याइएको नमुना नेपाल एयरलाइन्सको वाई १२ जहाजमार्फत ल्याउने तयारी थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।