विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमणले गर्दा मनोसामाजिक समस्या बढिरहेका छन् | हरेक बर्ग, लिंग, समूह र भूगोलका व्यक्तिहरुमा मानसिक तनाब, असुरक्षा अनुभूति तथा अनिश्चितता छाएको छ | हालसम्म जति व्यक्तिलाई कोरोना संक्रमण भएको थियो र छ, उनीहरु प्राइमेरी ट्रमाटिक स्ट्रेस (पीटीएस) बाट प्रभावित थिए र छन् भने बाँकी विश्व स्वयम् कोरोना संक्रमण नझेले पनि समाचारका कारणले सेकेन्डरी ट्रमाटिक डिसअर्डरबाट ग्रसित (एसटीएस) छन्|
एसटीएसका लक्षणहरु :यसमा  शारीरिक तथा मानसिक दुवै लक्षण देखिन्छन् |
क ) शाररीक लक्षण :
-    थकाइ लाग्ने 
-    खाना नरुच्ने 
-    शरीर पोल्ने, झमझमाउने, केही हिँडेजस्तो लाग्ने 
-    पेट पोल्ने, वाकवाकी लाग्ने  
-    पटकपटक ट्वाइलेट जानुपर्ने 
-    रिंगटा लाग्ने 
-    कान कराउने 
-    सास फेर्न गाह्रो हुने 
-    घाँटीमा केही अड्किए जस्तो लाग्ने 
-    टाउको दुख्ने 
-    मांसपेशी दुख्ने 
-    पिशाब लागिरहने 
-    यौन कमजोरी हुने आदि ।


ख ) मानसिक लक्षणहरू :
-    निद्रा नलाग्ने वा अत्यधिक लाग्ने 
-    खाना नरुच्ने वा अस्वाभाविक रुपमा भोक लागिरहने 
-    डर लाग्ने 
-    मुटुको धड्कन तीव्र हुने 
-    छटपटी हुने
-    यौनेच्छा नहुने 
-    पहिलेका रुचिमा मन नजाने ( जस्तै गीत, फ्लिम, घुमफिर, हाँसखेल आदिमा )
-    एक्लै बस्न मन लाग्ने, असामाजिक हुने 
-    मनमा नकारात्मक कुरा आइरहने (जस्तै : कोरोना भाइरस मलाइ सर्यो भने मर्नेछु, केटाकेटीको बिचल्ली हुनेछ, कसैले सहयोग गर्ने छैन आदि)
-    नकारात्मक समाचारमा मन जाने 
-    एकाग्रता नहुने  
-    आफ्नो स्वास्थ्य खराब भएको महशुष गर्नु 
-    असहाय महशुष हुने 
-    निरासा बढ्ने 
-    अत्यास लाग्ने 
-    मन नरमाइलो हुने 
-    दिक्क लागिरहने 
-    रक्सी, चुरोट, सुर्ती खाने / त्यसको मात्रा बढ्दै जाने 
-    बाँचेर के नै हुन्छ र ? भन्ने सोच आउने 
-    आत्महत्याको बिचार आउने / योजना बनाउने आदि।
रोकथाम :
-    थोरै र विश्वासिला समाचार मात्र पढ्ने 
-    कोभिड -१९ को बारे सही जानकारी लिने 
-    उत्साहित बनाउने लेख / पुस्तक पढ्ने 
-    थुनिएर नबस्ने | सक्रिय हुने, मनोरञ्जन गर्ने
-    सकारात्मक तथा आशाबादी सोंच भएका व्यक्तिहरुसँग कुराकानी गरिरहने 
-    कोरोना संक्रमण भइहाले पनि ८५ प्रतिशतलाई सामान्य लक्षण देखिएर आफैं निको हुन्छ, बाँकी १५ प्रतिशतमध्ये अधिकांश आइसोलेसनमा रहेर सामान्य उपचारले निको हुने, ५ देखि ७  प्रतिशतलाई आइसीयू वा भेन्टिलेटर आवश्यक पर्ने तथा २-३ प्रतिशतको मात्र मृत्यु हुने तथ्य बुझ्ने
-    आफ्नो नियमित तालिका बनाएर अनुसरण गर्ने | जस्तै : व्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने, पुस्तक पढ्ने, डायरी लेख्ने, पर्याप्त सुत्ने, समय/समयमा सन्तुलित भोजन गर्ने, फ्लिम हेर्ने आदि। 
-    सरसफाइमा निकै ध्यान दिने \ दैनिक टिपटप भएर बस्ने 
-    अत्यास लागेको बेला अर्थात् पेनिक भएको बेला १५ मिनेटसम्म लामो लामो सास लिने 
-    गीत सुन्ने, नाच हेर्ने, नाच्ने, गाउने 
-    कमेडी कार्यक्रम हेरेर जोडले हाँस्ने 
-    ओशो, रविशंकर, सद्गुरु लगायतका व्यक्तिहरुको स्पिच सुन्ने 
-    करेसाबारीमा काम गर्ने, भान्सामा सहकार्य गर्ने, घरको सरसफाई गर्ने 
-    आफ्नो बाल्यकाल, यौवन अवस्था, बिद्यार्थी जीवन, पुराना साथीहरु आदि सम्झेर आफैं मख्ख पर्ने 
-    मनमा आएका भावना आफ्नो प्रिय व्यक्तिसँग सेयर गर्ने 
-    हरेक समस्या क्षणभंगुर हुन्छन् भन्ने तथ्य आत्मसाथ गर्ने
-     गाह्रो भएमा मनोपरामर्श लिने
-    परामर्शले पनि अत्यास नमेटिएमा मनोरोग बिशेषज्ञसंग सम्पर्क राखेर थेरापी, औषधि सेवन गर्ने 
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।