काठमाडाैं- नेपाल एयरलाइन्सकाे टि्वनअटर जहाजले नेपालगञ्जबाट कोरोना परीक्षणका लागि संकलन भएको नमुना ल्याउने भएको छ।
कोरोना परीक्षणका नमुन लिन नेपालगञ्ज पुगेको नेपाल एयरलाइन्सको वाई-१२ जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेपछि टि्वनअटर नमुना लिन जान लागेकाे हाे। वाई-१२ जहाज रन-वेबाट चिप्लिएर घाँसेमैदानमा पुगेको थियो।
टि्वनअटर जहाजले नमुनासँगै यसअघि दुर्घटनामा परेका नेपाल एयरलाइन्सका ५ जनालाई पनि ल्याउने छ।
यसअघि विभिन्न अस्पतालमा संकलन गरेर विमानस्थल ल्याइएको नुमना नेपाल एयरलाइन्सको वाई १२ जहाजमार्फत ल्याउने तयारी थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।