काठमाडाैं- संयुक्त अरब इमिरेट्स (युएई)मा काेराेना संक्रमित दुईजना नेपालीमा स्वास्थ्य स्थिर रहेकाे छ। युएईको मिनिस्ट्री अफ हेल्थ एण्ड प्रिभेन्सन (एमओएचएपी)ले शुक्रबार सूचना जारी गरे उनीहरुमा काेराेना संक्रमण भएकाे जानकारी गराएकाे थियाे।
उनीहरुकाे युएईमै उपचार भइरहेको छ। यसअघि पनि दुईजना नेपालीमा काेराेनाकाे संक्रमण देखिएको थियो। केही समयको उपचारपछि उनीहरुलाई स्वास्थ्यलाभ भएको थियो।
आबुधाबीस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले सामाजिक सञ्जालमा भनेका छन्, 'विश्वास छ, उहाँहरु पनि चाँडै नै स्वास्थ्यलाभ गरी निवास फर्कनुहुनेछ। उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।'
युएईमा काेराेनाकाे संक्रमण प्रायः विदेशबाट आएका र विदेशबाट आएका संक्रमितकाे सम्पर्कमा आएका मानिसमा देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।