काठमाडौं - कोरोना भाइरसका कारण प्रभावि अमेरिकी अर्थतन्त्र र अमेरिकी जनताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले २००० अर्ब अमेरिकी डलर बराबरको राहत प्याकेजमा हस्ताक्षर गरेका छन्। अमेरिकी इतिहासकै ठूलो यो राहत प्याकेज संसदबाट पारित भएसँगै राष्ट्रपति ट्रम्पले घोषणा गरेका हुन्।
रोजगारीविहीन अमेरिकी जनता र कोरोना भाइरससँग संघर्षरत अमेरिकी अर्थतन्त्र उकास्ने गरी प्याकेज ल्याइएको हो। बेरोजगारलाई प्रत्यक्ष अनुदान वितरण र साना उद्योग बचाउन प्रयोग हुने गरी राहत प्याकेज ल्याइएको छ।
न्यूयोर्क टाइम्सले यो प्याकेजअन्तर्गत रोजगारी गुमाएकाहरुलाई प्रत्यक्ष रातह वितरण गर्ने जनाएको छ। यसअनुसार अमेरिकी बेरोजगारले भत्ता पनि पाउनेछन्।
यो प्याकेजअन्तर्गत बेरोजगार परिवारका लागि चेक उपलब्ध गराइनेछ। यसैगरी सबैभन्दा धेरै प्रभावित क्षेत्रका अस्पताल र स्वास्थ्य चौकीमा उपलब्ध गराइनेछ। यस्तै साना व्यवसायका लागि वित्तीय सहयोग र प्रभावित कम्पनीहरुलाई ५०० अर्ब डलरको ऋण सहायता यो प्याकेजमा समावेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।