काठमाडौं– निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले शनिबार (आज) चार उडानमार्फत पोखराबाट विभिन्न देशका नागरिक काठमाडौं ल्याउने भएको छ।
चार उडानमध्ये श्रीले २ वटा उडानको अनुमति पाइसकेको छ भने अन्य दुई वटा पनि अनुमति पाउने क्रममा रहेको एयरलाइन्सका बजार व्यवस्थापक अनिल मान्नधरले जानकारी दिए।
प्रत्येक उडानमा ७० जनाका दरले पोखराबाट विदेशी नागरिक श्रीले काठमाडौं ल्याउन लागको हो।
पोखरा आसपास क्षेत्रमा अलपत्र परेका विदेशी नागरिक नेपाल पर्यटन बोर्डले उद्धार गरेर पोखरामा जम्मा पारेको छ।
पोखरामा जम्मा भएका विदशी नागरिक लिन श्रीको पहिलो जहाज पोखरा पुगेको छ
श्रीले अब चार वटा उडान मार्फत २ सय ८० विदेशीलाई काठमाडौं ल्याउने छ।
पोखराबाट यसअघि बिहीबार बुद्धले ५८ र शुक्रबार ५९ जना विदेशी नागरिकको उद्धार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।