काठमाडौं–प्रेस काउन्सिलले कोरोना भाइरसका विषयमा अतिरञ्जित सामग्री सम्प्रेषण गरेको भन्दै दर्ता तथा सूचीकरण दर्ता नभएका ११ वटा साइटलाई नेपालभित्र खुल्न नसक्ने बनाएको छ।
काउन्सिलले नियमानुसार दर्ता एवं सूचीकरण नभएका ३ वटा वेबसाइट नेपालभित्र प्रकाशन प्रशारण हुन नसक्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ।
३ अनलाइनलाई विवादास्पद र आपत्तिजनक सामग्री हटाउन तथा २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको काउन्सिलले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
कोरोना भाइरसको संक्रमणका घटनामा आपत्तिजनक, भ्रमपूर्ण र अतिरञ्जित शीर्षक राखेर समाचार प्रकाशित हुने गरेको काउन्सिलको अनुगमनबाट खुलेको उल्लेख गरिएको छ। शुक्रबारसम्म् काउन्सिलले २६ वटा सञ्चारमाध्यमसँग जवाफ मागेको जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।