काठमाडौं– सरकारले एक साताका लागि गरेको लकडाउनको शनिबार ५ औं दिन हुँँदैछ। लकडाउनसँगै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान पनि बन्द भएको छ। तर, विदेशी उद्धारका लागि भने आन्तरिक र अन्तर्राष्ट्रियतर्फ परराष्ट्रमन्त्रालयको अनुमतिमा उडान हुँदै आएकोे छ।
शनिबार पनि आन्तरिक र अन्तर्राष्ट्रियतर्फ झन्डै एक दर्जन उडान हुने भएको छ। सबै चार्टर उडान हुन्। उडानका लागि पनि परराष्ट्र मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिँदै आएको छ।
शनिबार कतार एयरवेजले दुई वटा उडान गर्दै छ। एउटा उडान जर्मन दूतावासले चार्टर गरको हो भने अर्को फ्रान्सेली दूतावासले गरेको हो।
कतारको दुई उडानमार्फत ६ सयको हाराहारीमा युरोपियन देशका नागरिक आफ्नो देश फिर्ता हुने छन्। कतारले शुक्रबार पनि ३ सय ४ जना युरोपियन नागरिक चार्टर उडानमार्फत लगेको थियो।
यसैगरी नेपाल एयरलाइन्सले पनि शनिबार एक अन्तर्राष्ट्रिय उडान गर्ने छ। नेपाल एयरलाइन्सले चीनको गोन्जाओ गएर कोरोना संक्रमितको परीक्षणमा लागि आवश्यक मेडिकल सामान ल्याउने छ।
नेपाल एयरलाइन्सको वाइडबडी जहाज दिउँसो साढै १२ बजेर चीन प्रस्थान गरी बेलुका साढे १० बजे सामान लिएर नेपाल आइपुग्ने तालिका तय भएको छ।
यसैगरी आन्तरिकतर्फ श्री एयरलाइन्सले पोखरबाट विदेशीको उद्धारका लागि एक उडान गर्दै छ। साथै नेपाल एयरलाइन्सको २ ट्विनअटर जहाजले लुक्लाबाट विदेशी उद्धार गर्ने छ।
नेपाल एयरलाइन्सले लुक्लामा पाँच वटा उडान गर्ने तालिका तय भएको अहिलेसम्म २ वटा उडान भइसकेको छ।
यसैगरी नेपाल एयरलाइन्सकै वाई१२ जहाजले नेपालगञ्जबाट कोरोना परीक्षणमा लागि संकलन भएको नुमना ल्याउने छ। यो उडान १० बजे हुनेछ।
यसैगरी सीता एयरले पनि एउटा उडान मार्फत लुक्लाबाट विदेशी नागरिकलाई उद्धार गर्ने छ।
यसअघि बिहीबार बुद्धदले पोखरमा एक उडान गर्दै ५८ जना विदेशी र शुक्रबार यती एयरलाइन्सले पनि एक उडान गर्दै ५९ जना विदेशीको उद्धार गरको थियो।
साथै बुधबार एयर डाइनेष्ट्रिकले सगरमाथा क्षेत्रमा २ वटा हेलिकोप्टर उडान मार्फत १० जना विदेशी उद्धार गरेको थियो। साथै बिहीबार पनि एयर डाइनेस्टीले २ वटा उडान बाट सगरमाथा क्षेत्रमा अलपत्र परका २ विदेशी नागरिकको उद्धार गरको थियो भने सिम्रिक एयरले पनि बिहीबार एक उडान गर्दै ४ जना विदेशीको उद्धार गरको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।