काठमाडौं– निजी हवाइ सेवा प्रलायक कम्पनी श्री एयरलाइन्सले पोखरबाट विदेशी पर्यटक उद्धार गर्ने भएको छ।
श्रीले काठमाडौंबाट उडान भरेर पोखरा जाने छ। पोखराबाट भने विदेशी पर्यटक ल्याउने छ।
नेपाल पर्यटन बोर्डले अन्नपूर्ण आधार क्षेत्र लगायतमा अलपत्र परेका विदेशी नागरिलाई पोखरा ल्याउँदै उद्धार गर्न लागेको हो। चार्टर उडान मार्फत पर्यटक उद्धार गर्न लागिएको श्री एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धरले जानकारी लिए। तर, कति जना भन्ने अहिलेसम्म जानकारी नभइसकेको उनको भनाइ छ।
यस अघि बुद्ध एयरले बिहीबार पोखराबाट ५८, शुक्रबार यतीले ५९ जना विदेशी उद्धार गरेका थियो।
विदेशी उद्धारमा नेपाल पर्यटन बोर्डले नेतृत्व लिएको छ।
सरकारले पनि विदेशी नागरिकलाई काठमाडौं ल्याउँदै उनीहरुको देश फकाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।