काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल एयर लाइन्सले शनिबार लुक्लामा ५ वटा उडान गर्ने भएको छ।
५ मध्ये २ वटा उडान भइसकेको नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु जुवार्चनले जानकारी दिए।
लुक्लाबाट सगरमाथा क्षेत्रमा अलपत्र परेर बसको विदेशीलाई उद्धार गर्न चार्टर उडान भएको उनले जानकारी दिए।
२ वटा ट्विनअटर विमान मार्फत लुक्लाबाट विदेशी उद्धार गर्न लागिएकको हो।
यसैगरी शनिबार नै सीता एयरले पनि लुक्लामा उडान गर्ने गरी अनुमति पाएको छ। सीताले पनि विदेशी नागरिक नै उद्धार गर्ने छ।
सबै उडान अनुमति भने परराष्ट्र मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको स्पेसल उडान अनुमति हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।