काठमाडौं- नेपाल एयरलाइन्सले नेपालगञ्जबाट कोरोना परीक्षणका लागि संकलन भएको नमुना ल्याउने भएको छ।
विभिन्न अस्पतालमा संकलन गरेर विमानस्थल ल्याइएको नुमना नेपाल एयरलाइन्सको वाई १२ जहाज चार्टर मार्फत ल्याउन लागिएको हो।
नमुना लिनका लागि जहाज बिहान १० बजे काठमाडौंबाट उड्ने नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु जुर्वाचनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।