• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना कहर इटाली : मृतकको अन्तिम बिदाइ पनि गर्न सक्दैनन् आफन्त 

64x64
नेपाल लाइभ शनिबार, चैत १५, २०७६  ०७:३१
1140x725

एजेन्सी–जब कोही प्रिय व्यक्तिको मृत्यु हुन्छ, तपाईं उसलाई अन्तिम पटक हेर्न र पुरै सम्मानका साथ बिदाइ गर्न तपाईंको साथ दिन अवश्य पनि  जानुहुन्छ। तर विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण आफ्ना प्रियजनको अन्तिम बिदाइमा सहभागी हुने अन्तिम अवसर पनि इटालीका मानिसले गुमाइरहेका छन्। सरकारले वाध्यतावश नागरिकको यो अधिकार जनताबाट खोसे पनि चित्त दुखाएरै सहेर बसेका छन्।

एन्ड्रीया सेराटो मिलानमा शव राख्ने कफनको  सजावट  र गाड्ने ‘फ्युनर होम अन्डरटेकर’को काम गर्छन्। ‘महामारीले तपाईंलाई एक पटकमात्र होइन, दुई पटक मृत्युशैय्यामा पुर्‍याउनेरैछ,’ उनी भन्छन्, ‘पहिला तपाईंलाई कोरोना भाइरसले मर्नुभन्दा पहिले आफन्त र प्रियजनबाट टाढा लैजान्छ, कस्तो छ भनेर सोध्न पनि तपाईंको प्रिय मान्छेलाई समेत आउन दिँदैन।’ 

यो भाइरसबाट संक्रमित भएपछि पीडितसँगै परिवारका लागि पनि धेरै कठिन समय हुने उनको अनुभव छ । परिवारका  लागि यो सत्य स्वीकार गर्न झनै कठिन हुने उनले बताए।

एक्लै मर्नु पर्दा

इटालीमा कोरोना भाइरसका कारण मर्नेहरु मध्ये कैयौंको साथमा अन्तिम समयमा आफन्त, परिवारका सदस्य र साथी कोही पनि  थिएनन्। उनीहरुका कारण अन्य दोस्रो व्यक्तिलाई संक्रमण नहोस् भनि उनीहरुलाई अस्पताल आउन र  भेट्न प्रतिबन्ध लगाइएको थियो।  स्वास्थ्य अधिकारीका अनुसार शवमा भाइरसका किटाणु जिवित हुँदैनन् तर यसरी मरेको व्यक्तिको कपडामा कोरोना भाइरस केही समय जिवित रहने भएकाले शव जिम्मा दिइदँैन।

यही कारण शवलाई अस्पतालले नै तुरुन्त शिल गरेर सरकारको जिम्मा लगाउँछ। शवलाई अन्तिम संस्कारको तयारी गर्ने  मसिमो मनकैस्ट्रोपा भन्छन्, ‘कैयौ परिवार अन्तिम पटक आफ्नो प्रियजनलाई  देख्न पाउछौं कि पाउँदैनौं भनेर हामीलाई सोध्छन्, तर उनीहरुलाई यसको अनुमति दिन मिल्दैन किनकि यो सरकारले लगाएको प्रतिवन्ध हो।’ 

nimb
nimb
Ncell 2
Ncell 2

अक्सर शवयात्राअघि परिवारजनले मृतकको मन परेको कपडा लगाइदिन्छन्, सजाउँछन् अनि उसको अन्तिम संस्कार गरिन्छ । तर इटालीमा कोरोना भाइरसका कारण मर्नेहरुले न मनपर्ने कपडा लगाउन पाउँछन्, न  त परिवार नै नजिक उभिएका हुन्छन्। उसलाई केवल अस्पतालको गाउनमा  गाडिन्छ। मनकैस्ट्रोपाका अनुसार यो मुस्किल अवस्थामा परिवार चुपचाप शान्त भएर सहन वाध्य छन्।

‘हामी शवमाथि परिवारले ल्याएका कपडा हालेर गाडिदिन्छौं’ उनले भने, ‘यसो गर्नुका कारण के हो भने मर्ने व्यक्तिलाई उसको मन परेको कपडा लगाइएको छ भनेर परिवारलाई चित्त वुझाउने बाटो बनोस् ।’ परिवारसँग अहिले विश्वास गरेर बस्नुको वाहेक कुनै पनि विकल्प नभएको उनको अनुभव छ। 

इटालीमा महामारीको समयमा उनीजस्ता अन्डरटेकर आफैं एक  नयाँ भूमिकामा देखिएका छन्। उनीहरु मृतकका परिवारको रुपमा, मित्र र आफन्तको भूमिकामा पनि फिट भइरहेका छन् । उनीहरु शव गाड्नुका साथै मृतकका लागि पादरी जसरी आत्माको चिर शान्तिको कामना गरिरहेका छन् । यस्तो किन  गरिरहेका छन् भने कोरोना भाइरसका कारण मर्नेका परिवार आफैं क्वारेन्टाइनमा बसेका हुन्छन र उनीहरु परैबाट पनि उपस्थिति जनाउँन सक्दैनन्। 

‘परिवारको जस्तै यो समय सम्पूर्ण जिम्मेवारी हामी आफैंले निभाउनु परिरहेको छ,’ एन्ड्रिया सेराटो भन्छन् ‘ लास गाड्नुअघि हामी परिवारलाई एक फोटो प्रमाणका रुपमा पठाइदिन्छौ र यसपछि अस्पतालबाट शव लिएर गाडिदिन्छौं। ’ यस्तो अवस्थामा परिवारले शव गाड्नेहरुमाथि विश्वास गर्नुको कुनै पनि विकल्प नहुने उनको भनाइ छ । सेराटोको अनुभवमा उनीहरुले पनि परिवारको दुःख कम गर्न केही पनि गर्न सक्दैनन्।  परिवारका सदस्यहरु के–के गर्न सक्छन्भन्दा पनि उनी अहिले के–के गर्न सक्दैनन् भनेर सूची बनाउन व्यस्त छन्।

‘कोरोना भाइरसका कारण ज्यान गुमाएपछि अस्पतालबाट ल्याइएका शवमा हामी कपडा लगाइदिन सक्दैनौं,’ उनले भने, ‘उनीहरुलाई सजाउने, कपाल कोरिदिने र मेकअप गर्न सक्दैनौं, यो परिवारलाई दुःखी बनाउला तर वाध्यता छ।’ 

मर्नेप्रति समवेदना

सेराटो ३० वर्षदेखि अन्डरटेकरको काम गर्दै आएका छन्। उनका बाबु पनि यही पेशामा थिए। ‘मर्ने मानिसको परिवारका लागि साना–साना कुरामा पनि ख्याल हुन्छन् ’ उनले भने, ‘अन्तिम पटक उनको गालामा सुम्सुम्याउनुु, उनको हात समाउनु र उसलाई मेकअप गराएर सुन्दर देखाउनु, यस्तो गर्न नपाउनु आफैंमा एक दर्दनाक हो।’ 

तर महामारीको यो समयमा सेराटोजस्ता कैयांै मानिस परिवारसँग दूरी बनाएर भेटघाट गर्न वाध्य छन्। मृतकका आफन्तको कोशिस हुन्छ–मृतकले लेखेको नोट्स, परिवारको निशानी, चित्र एवं कविताहरुसँगै  साथका गाडियोस्। 

तर अहिलेको अवस्थाले यी मध्ये कुनै पनि बस्तु कफनभित्र राख्न नसकिएको उनको अनुभव छ । उनको अनुभवमा अहिले नीजि बस्तुहरु यसरी कफनभित्र राख्नु अवैध भएको छ । यो एक कठोर कदम हो तर कोरोना भाइरसको संक्रमण रोक्नका लागि यो आवश्यक निर्णय पनि सरकारले गरेको उनको वुझाइ  छ।

यदि कसैको मृत्यु घरमै हुन्छ भने उनीहरुलाई घरभित्रै जाने अनुमति हुन्छ। तर यसका लागि उनीहरुले पनि सुरक्षित पोशाक लगाउनु अनिवार्य छ। यस्तो अवस्थामा उनीहरुलाई चस्मा, मास्क, कोट र सुरक्षित कपडा दिइएको हुन्छ। कुनै पनि मानिसका लागि आफ्नो प्रियजन मरिरहेको देख्न पक्कै कठिन हुन्छ र दुःखदायी पनि हुन्छ तर अहिले इटाली त्यो पनि देख्न नपाउने झन् दुःखदायी र पीडादायी समयमा रहेको उनको अनुभव छ। 

यो महामारीको समयमा  इटालीमा कैयौ शव गाड्न मानिसहरु आफैं कोरोना भाइरसको  संक्रमणका कारण क्वारेन्टाइनमा गएको उनले देखेका छन्। केही त यो पेशाबाट पलायनसमेत भएका छन् । चिन्ताको विषय यो हो कि अव शवसँगै दैनिक काम गरिरहेका उनीहरुका लागि सुरक्षित मास्क र पोशाककै अभाव भइरहेको छ,  जसका कारण उनीहरु नै संक्रमणको जोखिममा पर्ने सम्भावना बढिरहेको छ।

 ‘मसँग अब एक हप्ताका लागि मात्र काम चलाउन सक्ने सुरक्षित पोशाक र सेफ्टी छ,’ उनले भने, ‘यो सकिएपछि अरु उपलव्ध भएन भने हामी काम गर्न सक्दैनौ।’ उनलाई अहिले आफैंलाई आश्चर्य लाग्छ कि मानिसहरु यस्तो अवस्थामा कसरी संघर्ष गरिरहेका छन्। 

कडा प्रतिबन्ध

कोरोना भाइरस फैलनबाट रोक्न इटालीमा एक आपतकालीन राष्ट्रिय कानुन लागू गरिएको  छ। जसका कारण मानिसलाई सँगै निस्कन प्रतिबन्ध  छ। रोमन क्याथोलिक मूल्य र मान्यतामा चल्दै आएको देशका लागि यो अभूतपुर्व हो ।  दिनमा एक पटक यस्तो अवस्था भोग्नु सेराटोको दैनिकी बनेको छ–उनी शव गाडिरहेका हुन्छन्, तर परिवाारका कुनै पनि सदस्य त्यहाँ हुँदैनन्, सबै क्यारेन्टाइनमा बसेका हुन्छन। ‘शव गाड्ने समयमा एक वा दुई जना परिवारका सदस्यलाई बस्नु अनुमति त हुन्छ, तर यो पर्याप्त हुँदैन,’ मसिमो मनकैस्ट्रोपा भन्छन्, ‘यसरी उपस्थित भइहाले पनि कोही बोल्ने अवस्थामा हुँदैनन्, सबै चुपचाप हुन्छन्।’ 

मसिमोको अनुभवमा यो स्थितिमा बाँच्ने प्रयास हुनेरहेछ।  उनी जब अस्पताल वा अन्य ठाउँबाट शव आफ्नो कारमा लिएर चर्चमा पुग्छन्, पछाडीको ढोका खोलेर पादरीसँग मृतकका लागि प्राथना गरिदिन आग्रह गर्छन्। यसको केही सेकेन्डपछि शवदाह गृहमा त्यसलाई गाडेर अर्को लिन जान्छन्। कहिलेकाही त उनी दिनमा शव ओसारेपछि लखतरान भएर साँझ भारी मन बोकेर फर्कन्छन् । 

इटालीमा चिहान नै चिहान 

इटालीमा अहिले यस्तो अवस्था छ, जहाँ सबै मुर्दाघर शवले भरिएका छन्। मर्ने क्रम रोकिने छाँट देखिएको छैन। यहाँ २२ मार्चपछि मात्र ६ हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन्। यो विश्वमै धेरै कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या हो । 

‘क्रेमोनामा हाम्रो घरअगाडि अहिले मानिसहरुको लाम लागेको छ कुनै–कुनै डिपार्टमेन्ट स्टोरमा सामान लिन झैं,’ सेरोटो भन्छन्, ‘ताकि शव लैजाने पत्र छिटो लिन सकियोस् र आफ्नो प्रियजनको अन्तिम संस्कार होस् ।’ उत्तरी इटालीका सवै अस्पताल का मुर्दाघर शवले भरिएका छन्। ‘क्रेमोना अस्पतालसंगै रहेको चर्च अहिले कुनै गोदाम झैं देखिएको छ,’ मसिमोले भने, ‘एकपछि अर्को शव चर्चमा आइरहेका छन् पादरीले प्रार्थना गर्न भ्याएका छैनन्।’ इटालीको एक सहरमा शव मिलाउनका लागि सेना बोलाउनु पर्ने अवस्थासम्म सिर्जना भएको उनले देखेका छन्।

सहरका सबै मुर्दाघरमा स्थान अभाव भएको छ। पछिल्लो साता सेनाको एक ट्रकले ७० भन्दा धेरै शव शहरको गल्ली हुदै अर्को राज्यमा लगेको थियो। स्थानीय मानिसहरु यो दृश्य चुपचाप हेरिरहेका थिए। यसरी लगिँदा कसैका न कसैका आफन्त त थिए तर त्यहाँ गाड्न स्थान नपाउँदा उनीहरु मौन थिए। यो मुस्किल अवस्थामा डाक्टर र नर्सहरु हिरोको रुपमा देखिने छन् ।

‘शव गाड्ने मानिसका लागि पनि पहिलोपटक प्रशंसा मिलिरहेको छ,’ मसिमो भन्छन्, ‘अहिले मानिसहरु हामीलाई शव बोक्नेमात्र सम्झिरहेका छैनन्, एक चेराँनका रुपमा हेरिरहेका छन्।’ युनानी मिथकमा चेराँन एक यस्तो व्यक्ति हुन्छ जसले मर्ने मानिसको आत्मालाई स्वर्गसम्म पुर्‍याउने काम गर्दछ । यसअघि यो कामप्रति मानिसको सम्मान थिएन। मानिसले यो काम गर्नेलाई महत्व दिँदैनथे। इटालीमा सबैको अहिले एउटै प्रार्थना छ यो मुस्किल अवस्थाबाट बाहिर निस्कने र अवस्था सामान्य छिटो होस्। तर यस्तो कहिले होला कसैलाई पनि थाहा छैन।

यो सामग्री बीबीसी हिन्दीवाट अनुवाद गरिएको हो।  रेखांकन  जिलिया डिस्टमैल 

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  ०७:३१
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक आइतबार, जेठ २४, २०८३
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा आइतबार, जेठ २४, २०८३
पदबाट बिदा हुने भन्ने विषयमा कुनै आधिकारिक निर्देशन छैन : मन्त्री मेहता आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्