काठमाडौं- संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको दर पछिल्ला दिनमा उच्च देखिएको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, शनिबार बिहान सबा ६ बजेसम्म अमेरिकामा कुल १ लाख १ हजार ६ सय ५७ जनालाई संक्रमण पुष्टि भएको छ। जबकि, शुक्रबार बिहान यही समयमा त्यहाँ संक्रमणको संख्या ८३ हजार ८ सय ३६ थियो।
अमेरिकापछि संक्रमितको संख्या उच्च रहेको देशमा इटाली छ। त्यहाँ ८६ हजार ४ सय ९८ जनालाई संक्रमण पुष्टि भएको छ।
विश्वभर ५ लाख ९३ हजार २ सय ९१ लाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।