काठमाडौं- अमेरिकामा कोरोना संक्रमण बढ्ने क्रम रोकिने संकेत देखिएको छैन। हरेक दिन अमेरिकामा कोरोनाका संक्रमितको संख्या बढीरहेको छ। सिएनएनका अनुसार शनिबार विहान १ वजेसम्मको तथ्याकंमै अमेरिकामा ९७ हजार कोरोना भाइरस संक्रमित भइसकेका छन्। एक हजार ४ सय ५४ को मृत्यु भइसकेको छ।
बढ्दो कोरोना संक्रमण रोक्न अधिकांश देश लक डाउनमा गएका छन्। बेलायत, भारत अनी नेपाल लक डाउनमा छन्। चीनले समेत लक डाउनबाटै कोरोना संक्रमणबाट पार पाएको हो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिका लकडाउन हुन बनेकाे देश हैन भनेर बसेका छन्। जसको परिणाम कोरोना भाइरसको उद्गम थलो चीनको वुहानको रेकर्ड ब्रेक गरेर अमेरिका अहिले सबैभन्दा धेरै कोरोना संक्रमित भएको देश बनेकाे छ।
अमेरिकामा तीन दिनमा कोरोनाबाट भएको मृत्यु
- बीहिबार : २३५ .
- बुधबार : २३३ .
- मंगलबार : १६४ .
बिबिसिका अनुसार कोरोनाको बढ्दो संक्रमणसँगै अमेरिकामा ३० लाख बढीले आफु बेरोजगार भएकव भन्दै नाम लेखाएका छन्। न्युयोर्क सिटीमा कोरोनाको संक्रमण तिब्र रुपमा बढीरहेको छ। अमेरिकाको ५० राज्यमै कोरोनाको संक्रमण देखिइसकेको छ। अमेरिकाको न्युयोर्क ५ सय भन्दा बढि प्रहरीलाई कोरोनाको संक्रमण देखिएको छ।
कोरोना भाइरसलाई चिनिया भाइरस भनेर ब्यङ्ग्य गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रवार चिनिया राष्ट्रपति सिसँग फोनमा कुरा गरेका थिए । संक्रमणपछिको उपचार र सामाजिक सुरक्षामा सक्रिय देखिए पनि कोरोना भाइरस फैलन नदिन अपाउने सामाजिक रुपमा टाढा रहने लगायतका सामाजिक प्रक्रियामा भने ट्रम्प सरकारले त्यति चासाे देखाएको देखिन्न।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।