काठमाडौं- सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाए पनि शनिवार ३ वटा उडान तथा ३ वटा अवतरण हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार शनिबार कतार एयरवेजको २ वटा उडान तथा २ वटा अवतरण र नेपाल एयरलाइन्सको १ उडान तथा एक अवतरण हुने भएको छ।
प्राधिकरण महानिर्देशक राजन पोखरेलका अुसार भोली बिहान ९ बजेदेखि ११ बजेको आसपासमा कतार एयरले २ वटा उडान गर्नेछ भने नेपाल एयरलाइन्सले १२ बजेदेखि १ बजेको बीचमा एउटा उडान गर्नेछ।
कतार एयरवेजको एउटा जहाज कतारको दोहोबाट आएर फ्रान्सेली नागरिक लैजानेछ। यसैगरी कतार एयरवेजकै अर्को जहाज पनि कतारको दोहाबाट आएर जर्मन नागरिक लिएर जानेछ।
कतार एयरवेजको जहाज चार्टर एउटा फ्रान्सेली दूतावास र अर्को जर्मन दूतावासले आफ्नो नागरिक लैजान गरेका हुन्। कतार एयरवेजलाई उडान अनुमति परराष्ट्र मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको हो।
कतार एयरवेजको दुईवटा उडानबाट जर्मनका ३ सय नागरिक र फ्रान्सका पनि ३ सय नागरिक नै उनीहरुको देश फर्कने छन्। शुक्रबार दिउँसो पनि जर्मन दूतावासले कतार एयरवेजकै जहाज चार्टर गरी यूरोपली मुलकमा ३ सय ४ जना नागरिकको उद्धार गरेको थियो।
यसैगरी भोली दिँउसो १२ बजेदेखि १ बजेको बीचमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज पनि चीनको गोन्जाव जाने भएको छ। परराष्ट्र मन्त्रालयको सहयोगमा भारत, बंगलादेश‚ म्यानमार र चीनको अनुमतिमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको गोन्जाव लैजान लागिएको प्राधिकरण महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
उक्त जहाजमा कोरोना परीक्षणका लागि आवश्यक मेकिडम समाना ल्याइने छ। जहाज भोली शनिबार नै रातको १० बजेदेखि ११ बजेको बीचमा नेपाल आएपुग्नेछ। जहाजमा चालक दलका सदस्यसहित स्वास्थ्य मन्त्रालयको टिम पनि जाने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।