काठमाडौं- सरकारले कोरोना उपचारको मेडिकल सामान लिनका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज भोली (शनिबार) दिउँसो साढे १२ बजे चीन उड्ने भएको छ।
नेपालमा कोरोना भाइरस संक्रमण रोक्न सामाग्रीको अभाव भएपछि नेपाली टोली चीन जान लागेकाे हो। समयतालिका साढे १२ बजेको भएपनि १२ देखि १ बजेसम्ममा जहाज नेपालबाट उडिसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
जहाज भोली राती ११ बजेसम्ममा नेपाल फर्किसक्ने बताइएको छ। जहाजमा‚ नेपाल एयरलाइन्सका चालक दलका सदस्यसहित स्वास्थ्य मन्त्रालयको टीम रहने बताइएको छ।
कोरोना भाइरसको संक्रमण रोक्न चिकित्सकका लागि आवश्यक र उपचारका लागि चाहिने अन्य सामानहरु खरिद भइसकेको छ। चीन सरकारले समेत नेपाललाई कोरोना भाइरस संक्रमण नियन्त्रणमा सघाउने वचन दिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।