काठमाडौं- नेकपा विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाईरसको संक्रमण थप फैलनबाट जोगाउन पार्टीका सम्पूर्ण नेता कार्यकर्ता जनवर्गीय संगठनहरु लाग्न निर्देशन दिएको छ। सरकारले गरेको निर्णय पालना गराउन शुक्रबार नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले तीनपाने सर्कुलरमा जारी गरेका छन्।
सरकारले कोरोना भाइरसबाट बच्न लकडाउन गर्ने निर्णय गरेकाले कार्यान्वयन गर्न पार्टी नेता तथा कार्यकर्ता र जनवर्गीय संगठन दृढतापूर्वक पालना गर्न आग्रह गरिएको छ। विश्वव्यापी रुपमा कोरोनाको संक्रमण फैलँदै गएकाले नेपालमा थप संक्रण फैलन नदिने र यदि देखिएमा सुरक्षित तवरले उपचार गर्न स्वयमसेवीको भूमिका खेल्न निर्देशन दिएको छ।
पार्टी पंक्तिलाई लकडाउन पालना गर्न सहयोग गर्नेदेखि लिएर स्वास्थ्य मन्त्रालयले जारी गरेका मास्क लगाउने, साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्नेसम्म निर्णय पालना गर्न गराउन सहयोग गर्न आग्रह गरिएको छ।
सडकदेखि हवाई यात्राबाट आउनेलाई स्वास्थ्य परीक्षणदेखि क्वारेन्टाइनसम्म राख्न प्रेरित गर्ने सर्कुलरमा उल्लेख छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।