एजेन्सी- स्पेनमा पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या ६ सय ६९ पुगेको छ। बिहीबार ६ सय ५५ जनाको मृत्यु भएको थियो। शुक्रबार बिहीबारको भन्दा १४ जना बढीको मृत्यु भएको छ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ८ सय ७१ पुगेको छ। अहिले स्पेनमा ६४ हजार ५९ जना कोरोना संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५८ पुगेको छ। ९ हजार ३ सय ५७ जना निको भएर घर फर्केका छन्।
त्यस्तै जर्मनीमा २४ घन्टामा ५ हजार ७ सय ८० जना नयाँ संक्रमित फेला परेका छन्। यसबाट ४२ हजार २ सय ८८ जना संक्रमित भएका छन् भने २४ घन्टामा ५५ जनाले ज्यान गुमाएका छन्। यसैगरी जर्मनीमा अहिलेसम्म २ सय ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।