काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउन उल्लंघन गर्ने २ सय १६ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। शुक्रबार उपत्यकाका विभिन्न स्थानबाट उक्त सवारी साधन नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ।
लकडाउन उल्लंघन गर्नेमा मोटरसाइकल धेरै रहेका छन्। शुक्रबार ३० वटा चारपांग्रे र १ सय ८६ वटा दुइपांग्रे सवारी नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी जनाएको छ।
सरकारले लकडाउनका बेला खाद्यान्न, तरकारी, एम्बुलेन्स, हस्पिटललगायतका अत्यावश्यक सवारीलाई मात्र सञ्चालन अनुमति दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।