काठमाडौं- कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले अब नछोई पक्रने भएको छ।
मल्टिफङ्सनल एरेस्ट तथा रेस्क्यु डिभाइसको माध्यमबाट लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले नछोई समात्न थालेको हो। लकडाउन उल्लंघन गर्नेलाई समाउँदा प्रहरीसमेत जोखिममा पर्ने भएकाले यो डिभाइस प्रयोगमा ल्याइएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।
प्रहरीसँग अहिले यस्ता ६ वटा मेसिन छन्। यसभन्दा अघि यस प्रकारका डिभाइस प्रहरीले रेस्क्यूको काममा प्रयोग गर्दै आएको थियो।
अहिले भने कोरोनाको संक्रमणबाट प्रहरी स्वयम् बच्न यो डिभाइस उपयुक्त हुने भएकाले प्रयोगमा ल्याइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।