काठमाडाैं- कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो वार्ता गरेका छन्।
कोरोना नियन्त्रणका लागि प्रदेशहरुले चालेका कदमबारे र थप गर्नुपर्ने कामबारे भिडियो कन्फ्रेन्समा छलफल भएको छ।
भिडियो कन्फ्रेन्समा पोखरेलले आफू नेतृत्वको उच्चस्तरीय समितिले गरेका निर्णय र त्यसको कार्यान्वयनका लागि चाल्नुपर्ने कदमबारे मुख्यमन्त्रीहरुलाई जानकारी गराएका छन्।
यसैबीच, उच्चस्तरीय समितिको बैठक केही बेरमा बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।