काठमाडौं- कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रणसमितले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरिरहेको छ।
प्रदेशमा कोरोना भाइरस नियन्त्रण तथा रोग रोकथामका सम्बन्ध प्रदेश र स्थानीय तहले काम गर्नुपर्ने कामका सम्बन्धमा बैठकमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।
'प्रदेश तथा योजना बनाउन बैठक बोलाइएको हो। बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीसँग उपस्थित हुनुहुन्छ,' स्रोतले नेपाल लाइभसँग भन्यो 'बैठक सिंहदरबारमा जारी छ।'
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तिरिय समितिका संयोजक इस्वर पोखरेलको संयोजकत्वमा जारी बैठकमा प्रदेशको तयारीबारे समितिलाई जानकारी गराइको छ। बैठक एक घण्टादेखि जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।