कैलाली- कैलालीमा कोरोना भाइरसको संक्रमण फैलन नदिन अत्यावश्यक वस्तु किन्न सामाजिक दूरी कायम गरिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिकामा सशस्त्र प्रहरीले धनगढी बजारमा रहेका किराना पसल, डेरी, ग्यास विक्रेतालगायत दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्ने पसलहरुमा दूरी कायम गरेकाे हाे। बजारमा दैनिक उपभोग्य वस्तु खरिद गर्ने ग्राहक बढेपछि पसल र ग्राहक तथा ग्राहक र ग्राहकबीच सामाजिक दूरी कायम गरिएकाे हाे।
वस्तु खरिद गर्न गएका सर्वसाधारणका लागि पसल अगाडि गोलो घेरा बनाएर लाइनमा बसी अत्यावश्यक सामान खरिद गर्ने व्यवस्था मिलाएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।