काठमाडौं–शिक्षा मन्त्रालयले आवश्यक परे सामुदायिक तथा निजी स्कुललाई क्वारेन्टाइन तथा आइसोलेसन कक्षको रुपमा प्रयोग गर्न सकिने बताएको छ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले क्वारेन्टाइन स्थापना तथा सञ्चालन गर्ने विषयमा मन्त्रालयले प्याब्सन, एनप्याब्सन, हिसानलगायत निजी शिक्षण संस्था सञ्चालकसँग छलफल गरेको बताए। ‘आवश्यक परे पालिका र वडामा मन्त्रालयले समन्वय गर्ने छ,’ उनले भने।
त्रिभुवन विश्वविद्यालयले पनि क्वारेन्टाइन निर्माण गर्न सकिने शिक्षण संस्थाको विवरण सरकारलाई उपलब्ध गराइसकेको छ। शिक्षा मन्त्रालयको विद्यालय, उच्च र प्राविधिक शिक्षा महाशाखाले विद्यालय, क्याम्पस र प्राविधिक शिक्षालयका भवनको लेखाजोखा गरिरहेका छन्।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सात वटा वेबसाइटमार्फत् शिक्षा मन्त्रालयका मातहतका निकायबाट बनाइएका पठन सामग्री केन्द्रको वेबसाइटमा राखेको छ। वेबसाइटमा उपलब्ध सामग्रीबाट बालबालिकाको अध्ययनलाई निरन्तरता दिन केन्द्रले अभिभावकलाई आग्रह गरेको छ। वेबसाइटमा कक्षा ६ देखि १० सम्मका गणित, विज्ञान र अंग्रेजी विषयका विषयवस्तु राखिएका छन्।
डिजिटल लाइब्रेरी, बालबालिकाकेन्द्रित कथा र खेल सामग्री राखिएको केन्द्रले उल्लेख गरेको छ। उत्पन्त्न विषम परिस्थितिका कारण विद्यालयहरु बन्द रहेको अवस्थामा बालबालिकाको पठनपाठन अवरुद्ध हुन नदिई सिकाइलाई निरन्त्तरता दिनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत विभिन्त्न निकायबाट निर्मित वा अन्य स्रोतबाट उपलब्ध र एजुकेसन क्लस्टरद्वारा बालबालिकाको निमित्त उपयोगि ठानी सिफारिस गरिएका सामग्रीहरु विभिन्न वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।
सिकाइ सामग्री उपलब्ध हुने वेबसाइट
1. Virtual Class of All Compulsory Subjects (Class 9-10): https://www.youtube.com/ncedvirtual
2. Grades 6-8 English, Math, Science content: https://moest.himalayantechies.com
3. E-Paath - Digital Learning Activities : https://pustakalaya.org/epaath/
4 Children's Stories and Games : https://egr.pustakalaya.org/
5 Children's Books: https://pustakalaya.org/balpaathmala/
6. E-Pustakalaya - Free and Open Digital Library: https://pustakalaya.org/
7. https://moecdc.gov.np/
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।