एजेन्सी–सालकजस्तै देखिने प्यांगोलिन नामक जनावरमा कोरोना भाइरस (कोविड १९) फेला परेको पुष्टि भएको छ। बीबीसी हिन्दीका अनुसार यो जनावर वर्षोदेखि चीनमा तस्करी भइरहेको छ। विश्वलाई नै तनाव दिइरहेको यो भाइरसका अधिकांश गुण यो जनावरको भाइरसमा पाइएको वैज्ञानिक अध्ययनवाट पुष्टि भएको हो।
यो जनावर र कोरोना भाइरसमाथि अनुसन्धान गरिरहेको एक अन्तराष्ट्रिय टिमले भविष्यमा यस प्रकारका संक्रमण आउन नदिनका लागि जंगली जनावर बजारमा बिक्रीमा प्रतिवन्ध लगाउनु पर्ने बताएका छन्। प्यांगोलिन एक प्रकारको स्तनध।री जीव हो । जसलाई खान र परम्परागत औषधिमा चीनमा प्रयोग गरिँदै आएको छ। यसैका लागि चीनमा यसको अवैधानिक तस्करीसमेत हुँदै आएको छ। अहिलेसम्म चमेरोलाई कोरोना भाइरसको मूल स्रोतका रुपमा लिँइदै आएको थियो।
के भन्छ अनुसन्धान?
नेचर जर्नलमा प्रकाशित एक शोधपत्रमा अनुसन्धानकर्ताहरुले भनेका छन्, ‘यी जनावरहरुलाई लिएर अतिरिक्त सावधानी अपनाउनु जरुरी छ, साथै बजारमा यस्ता जीवहरुको बिक्रीमा पूर्ण रुपमा कडाइका साथ प्रतिबन्ध लगाउन जरुरी छ। ’
अनुसन्धानकर्ताका अनुसार चीन र दक्षिणपूर्वी एसियाका जंगलमा पाइने प्यांगोलिनमाथि अतिरिक्त ध्यानसमेत राख्न जरुरी छ । नत्र यस्ता जनावरबाट भविष्यमा पनि कोरोना भाइरस र त्यस्तै महामारी बोकेका संक्रामक रोगहरु फैलने छन्। किराफट्यांग्रा खाने यो स्तनधारी जीव विश्वमा सवैभन्दा धेरै तस्करी हुने गरेको पनि नेचर जर्नलमा उल्लेख छ। यहीकारण यो जीव लोप हुने खतरा रहेको जर्नलमा उल्लेख छ।
यो जनावार परम्परागत चिनियाँ औषधिमा प्रयोग हुँदै आएको थियो। प्यांगोलिनको मासु सबैभन्दा स्वादिष्टसमेत मानिन्छ । त्यसैले विश्वभर यसको तस्करी हुँदै मासु बिक्री गरिने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।