• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मजदूरको गुनासो–रोगले भन्दा पनि भोकले मरिने भो

64x64
दिनेश शर्मा शुक्रबार, चैत १४, २०७६  १०:२८
1140x725
मजदूरी गर्न नपाएपछि छोरीहरुका साथमा घरमै बसेकी राजबिराज नगरपालिका–१६ की अमलादेवी सदा।

राजविराज– सरकारले पूर्वतयारी नै नगरी एक्कासी लकडाउनको निर्णय गरेपछि निम्न र मध्यमवर्गीय नागरिक नराम्ररी प्रभावित भएका छन्। यसको सबैभन्दा ठुलो असर दैनिक कमाएर खाने वर्गमा परेको छ। घरबाहिर निस्कनै नपाउँदा दैनिकी कसरी चलाउने भन्ने चिन्ता थपिँदो छ।

राजविराज नगरपालिका–१६ की अमलादेवी सदा ज्यालादारी मजदूर हुन्। कृषि र निर्माणसम्वन्धी काम गरेर उनले दुई छोरीसहित तीन जनाको परिवार पालेकी छिन्। सरकारले लकडाउन गर्ने निर्णयले निर्माणसम्वन्धी काम रोकिएपछि उनको रोजिरोटी पनि खोसिएको छ। छोरीलाई कमाएर खुवाउन हम्मे–हम्मे परेको उनले सुनाईन। कमाउन भन्दै ५ वर्षअघि काठमाडौ गएका पति निवलालले अर्को विवाह गरेर उतै बसेपछि आफूले दुःख पाएको उनले वताईन।

अमलामात्र होईन, स्थानीय गंगीयादेवी सदाको अवस्था पनि उस्तै छ। १५ वर्षअघि पति नारायणको मृत्यु भयो। त्यसपछि ज्याला मजदूरी गरेर उनले दुई छोरीको पालनपोषण गरिन् र उनीहरुको विवाह पनि गराईन्। तर, आर्थिक अवस्था कमजोर भएका कारण दुई वटी नातिनी पाल्ने जिम्मा अहिले पनि उनीमाथि नै छ। जसोतसो जिविका चलाईरहेका बेला सबैतिर काम वन्द हुँदा के खाने भन्ने चिन्ता सुरु भएको उनले गुनासो गरिन् । ‘रोगले त विस्तारै लान्थ्यो होला, पेट बाँधेर कति दिन बाँचिएला’ उनी भन्छिन–‘अब त कसैले देला र खाउँला भन्नेबाहेक अर्को विकल्प नै छैन।’

समस्या अमला र गंगियाको मात्र होईन। सप्तरी जिल्लामा भुमिहीन र सुकुम्वासीको वसोवास ठूलो छ। ज्याला मजदूरी गरेर जिविकोपार्जन गर्ने ती हजारौं मजदूरको अवस्था यतिबेला दयनीय छ। सदरमुकाम राजविराजमा मात्रै करिव २ सय ५० मजदूरहरु कामको खोजीमा विभिन्न स्थानबाट जम्मा हुने गरेका छन्। लकडाउनको निर्णयले त्यो पनि रोकिँदा काम पाउनै गाह्रो भएको हनुमानगर कंकालिनी नगरपालिकास्थित गोवरगाढाका मजदूर विनोद यादवले बताए।

लकडाउन गर्ने निर्णयले दैनिक उपभोग्य सामग्रीमा भएको मुल्यवृद्धिले थप समस्या भएको उनी बताउँछन्।

हरेक उपभोग्य सामग्रीमा ३० प्रतिशतसम्म मूल्य वृद्धि गरिएको छ। दाल, चामल, तरकारीलगायतका सामानमा एक्कासी भएको मुल्यवृद्धिले किनेरै खानुपर्ने तथा मजदूरी गरेर जिविकोपार्जन गरिरहेका प्रत्यक्ष प्रभावित भएका छन्। सम्वन्धित निकायले बजार नियन्त्रण गर्न नसक्दा निम्नवर्गका व्यक्तिहरुलाई छाक टार्नसमेत समस्या हुन थालेको राजविराजका मजदूर नेता केदार देव बताउँछन्।

‘११० पर्ने मुसुरीको दाल १४० र ३० रुपैयाँको आलु ६० रुपैयाँ पुग्यो’ उनी भन्छन्, ‘काम गर्न नपाउने मजदूरले अब कसरी किनेर खाने? काम नपाउने तर कालोबजारी बढ्दै जाने समस्याले दैनिक मजदूरी गरेर खाने समुह भोक–भोकै हुनुपर्ने अवस्था आएको देवले बताए।

यस्ता वर्गका लागि संघ, प्रदेश र स्थानीय सरकारले विशेष प्याकेज नै बनाएर कार्यान्वयमा ल्याउनु पर्ने उनले माग गरे। ‘सरकारले समयमै यस विषयमा ध्यान नदिए जनता रोगले भन्दा पनि भोकले मर्छन्’ उनले थपे, ‘बेलैमा सोचांै, नत्र अनर्थ हुन्छ ।’

nimb
nimb

९५ जना क्वारेन्टाईनमा

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकको निर्णय अनुसार भारतीय नाकाबाट नेपाल प्रवेश गरेका ९५ जनालाई सप्तरीका विभिन्न क्वारेन्टाईनमा राखिएको छ।

लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तसहित नेपाल प्रवेश गर्न दिने समितिको निर्णयअनुसार उनीहरुलाई क्वारेन्टाईनमा राखिएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार बिहीबार साँझसम्म क्वारेन्टाईनमा राखिएकामध्ये ५ जना महिला छन् ।

क्वारेन्टाईनमा राखिएकामध्ये अधिकांश कतार, मलेशिया र भारतवाट आएका छन । 

स्थानीय प्रशासनले कोरोना भाइरसको संक्रमण सुरु भएपछि नेपाल प्रवेश गरेका सवैलाई क्वारेन्टाईनमा राख्ने प्रयास गरिरहेको छ । 

सप्तरीका १८ मध्ये १७ स्थानीय तहमा ३७९ क्वारेन्टाईन बेड निर्माण

सप्तरीका ९ नगरपालिकासहित १८ वटा स्थानीय तहमा बिहीबारसम्म ३ सय ७९ वटा क्वारेन्टाईन वेड निर्माण भएका छन्। राजविराज नगरपालिकाकोसाई कृष्णा मेडिकलमा २५, कञ्चनरुपमा ४४, डाकनेश्वरी नगरपालिकामा ५, वोदेवरसाई नगरपालिकामा १७, शम्भुनाथ नगरपालिकामा १०, राजगढ गाउँपालिकामा ३०, सुरुङ्गा नगरपालिमामा १०, हनुमाननगर कंकालिनी नगरपालिकामा ५०, अग्निसाईर कृष्णासवरण  गाउँपालिकामा २४, छिन्नमस्ता गाउँपालिकामा २५, महादेवा गाउँपालिकामा २५, सप्तकोशी नगरपालिकामा ५७, तिलाठी कोलाडीमा १०, रुपनी गाउँपालिकामा १०, विष्णुपुर गाउँपालिकामा १५, बलान बिहुल गाउँपालिकामा १८ र तिरहुत गाउँपालिकामा ४ गरी ३ सय ७९ क्वारेन्टाईन बेड निर्माण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

खडक नगरपालिकामा भने हालसम्म क्वारेन्टाईन निर्माण भएको छैन।

 

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १०:२८
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भारतीय कांग्रेस नेता थरुर र लामिछानेबीच भेट शनिबार, भदौ १३, २०८३
बाढी पीडितका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले दियो १० लाख रुपैयाँ शनिबार, भदौ १३, २०८३
काठमाडौं–मुग्लिन सडकखण्ड सञ्चालनमा, बैरेनीमा भने एकतर्फी यातायात शनिबार, भदौ १३, २०८३
रसुवा बाढीपीडितका लागि खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणको अपिल शनिबार, भदौ १३, २०८३
भारतले सुरुङमा फसेकाको उद्धार गर्न टोली पठाउने शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्