एजेन्सी- कोरोना संक्रमण फैलनबाट रोक्न भारमा लकडाउन जारी छ। तर कोरोनाको नयाँ केस आउन रोकिएको छैन।
बिहीबारसम्ममा भारतमा ७ सय २२ कोरोना भाइरसको संक्रमण भेटिइसकेको छ भने १६ जनाले ज्यान गुमाई सकेका छन्।
भारत सरकार कोरोना भाइरस संक्रमण रोक्न प्रयास गरे पनि अधिकांश प्रदेशमा संक्रमित देखिई सकेका छन्। सरकारले २१ दिनको लकडाउन घोषणा गरिसकेको छ।
दिल्ली,मुम्बई, महाराष्ट्र, उत्तरप्रदेश लगायत २२ प्रदेशमा कोरोनाको संक्रमण देखिइसकेको छ। मध्यप्रदेशमा २० जना संक्रमित देखिएका छन्।
आन्ध्र प्रदेश ११,महाराष्ट्रमा १ सय ३० संक्रमित देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।