काठमाडौं- कोरोना भाइरसको संक्रमण भएर पनि एक लाख २१ हजारभन्दा बढी मानिसको उपचार सफल भएको छ। विभिन्न तथ्यांक उपलब्ध गराउने अमेरिकी अध्ययन संस्थाको वेबसाइट वल्डोमिटरका अनुसार हालसम्म १ लाख २१ हजार मानिसमा भएको उपचार सफल भएको हो। उनीहरू संक्रमणमुक्त भएको तथ्यांक वर्ल्डोमिटरले उल्लेख गरेको छ। यो नेपाली समयअनुसार बिहीबार राती पौने १० बजेसम्मको तथ्यांक हो।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण संक्रमित भएका ७४ हजार भन्दा बढी मानिस निको भएका छन्। इटलीमा यो भाइरस संक्रमितमध्ये ९ हजार ३ सय ६२ निको भएका छन्। यसैगरी, अमेरिकामा संक्रमितमध्ये १ हजार ८ सय ३७ जनाको उपचार सफल भएको छ। स्पेनमा ७ हजार १५ जनामा उपचार सफल भएको छ। यसैगरी, जर्मनीमा ५ हजार ८ सय ६९ जनामा उपचार सफल भएको छ। उता इरानमा भने १० हजार ४ सयभन्दा बढी निको भएका छन्।
फ्रान्समा भने ३ हजार ९ सय कोरोना भाइरस भए पनि उपचार सफल भएको छ।
हालसम्म कोरोना संक्रमितको संख्या भने ४ लाख ९९ हजार १ सय २५ पुगेको छ। यीमध्ये २२ हजार ३ सय ९ को भने मृत्यु भएको छ। नेपालमा हालसम्म ३ जनामा कोरोना संक्रमण पोजेटिभ भएको पुष्टि भएको छ भने एक जनामा उपचार सफल भएको छ। २ जनाले आइसोलेसनमा उपचार गराइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।