• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

दूरसञ्चार प्राधिकरणको निर्देशन मानेनन् सेवा प्रदायकले

64x64
नेपाल लाइभ बिहीबार, चैत १३, २०७६  १२:४४
1140x725

काठमाडौं–नेपाल दूरसञ्चार प्राधिकरणले रिचार्ज बोनस र सापटी रकमका विषयमा दिएको निर्देशन दूरसञ्चार सेवा प्रदायकले मानेका छैनन्। मंगलबार दिउँसो प्राधिकरणले दूरसञ्चार सेवा प्रदाकयहरुलाई रिचार्जमा  शतप्रतिशत बोनस र २ सय रुपैयाँ सापटी रकम दिन निर्देशन दिएको थियो। 

प्राधिकरणको अनलाइन बोर्ड बैठकले उक्त निर्णय गरेको थियो। बैठकले सरकारले लकडाउन गरेको समयमा दूरसञ्चार सेवामा सर्वसाधरको पहुँचमा कुनै असर नपरोस भन्दै यस्तो निर्देशन दिएको थियो। 

निर्देशन पछि बुधबार दिउँसो बसेको नेपाल टेकिलमको बैठकले रिचार्जमा शतप्रतिशत बोनस दिने निर्णय गरे पनि सापटी रकमको विषयमा भने केही निर्णय गरेन। सापटी रकमको विषयमा टेलिकम प्रवक्ता राजेश जोशीलाई प्रश्न गर्दा उनले केही प्राविधिक कारणले साप्टी रकम दिन नसक्ने निर्णय गरेको जानकारी दिए।

तर, उनले प्राविधिक कठिनाइ भने पनि अहिले टेकिलमले ग्राहकले खर्च गर्ने गरेको रकममा आधारमा भने सापटी रकम दिइरहेको छ। तर, प्राधिकरणले २ सय रुपैयाँ सापटी रकम विना ब्याजमा दिन निर्देशन दिएको थियो। तर, यसमा भने टेलिकम प्राविधिक समस्या भन्दै पछि हटेको छ।

त्यतिमात्रै नभइ टेलिकमले रिचार्जमा शत प्रतिशत बोनस दिए पनि बोनस रकम खर्च गरिसक्नु पर्ने समयसीमा अति नै न्यून राखेको छ। 
रिचार्ज कार्ड प्रयोग गरी ५० र रु १०० को रिचार्ज गर्दा प्राप्त हुने बोनस रकम २ दिनभित्र खपत गरिसक्नुपर्छ भने २ सय र  ५ सयको रिचार्जमा प्राप्त हुने बोनस रकम ४ दिनभित्र खपत गरिसक्नुपर्ने टेलिकलमे जनाएको छ।

त्यसैगरी  १ हजारको रिचार्जमा प्राप्त हुने बोनस रकम ६ दिनभित्र खपत गरिसक्नु टेलिकमले जनाएको छ।  

एमपोस वा विद्युतीय रिचार्जअन्तर्गत १० देखि ९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने बोनस २ दिनभित्र खपत गरिसक्नुपर्नेछ भने १०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने बोनस ४ दिनभित्र खपत गरिसक्नुपर्ने टेलिकलमे जनाएको छ।

यसैगरी ५०० देखि ९९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने बोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने १००० वा सोभन्दा माथिको रिचार्जमा प्राप्त हुने बोनस १० दिनभित्र खपत गरिसक्नुपर्ने टेलिकमले जनाएको छ।

Ncell 2
Ncell 2

एनसेलबाट निर्देशन पूर्ण रुपमा उल्लंघन 

निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन पूर्ण रुपमा उल्लंघन गरेको छ।

प्राधिकणले रिचार्जमा शत प्रतिशत बोनस दिन भने पनि ५० प्रतिशतमात्रै बोनस दिने निर्णय गरेको छ। अहिले सोही अनुसार एनसेलले बोनस दिँदै आएको छ। 

यसैगरी प्राधिकरणले सापटी रकममा थप शूल्क नलिन भने पनि एनसेलले २ रुपैयाँ सेवा शूल्क लिने निर्णय गरेको छ।

यस्तो छ एनसेलको अफर योजना

एनसेलले रिचार्जमा ५० प्रतिशत बोनस अफर ल्याएको छ। यसैगरी एनसेलले ५ सय रुपैयाँसम्मको ब्यालेन्स ट्रान्सफर पनि निःशुल्क गर्ने भएको छ। साथै २ सय ३० रुपैयाँमा १५ जिबी डेटा स्टेक होम प्याक ल्याएको छ। 

ब्यालेन्स ट्रान्सफर सेवाअन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्कभित्र रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम उनीहरुको मोबाइलमा पठाउन तथा उनीहरुबाट प्राप्त गर्न पनि सक्ने एनसेलले जनाएको छ। हालको परिस्थितिलाई ध्यानमा राखी ब्यालेन्स ट्रान्सफरको सीमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पुर्‍याइएको छ।

प्रिपेड ग्राहकले १० देखि ५ सयसम्म आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सक्ने एनसेलले जनाएको छ।

ट्रान्सफर रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्नेछन्। त्यस्तै एनसेल सापटी सेवाअन्तर्गतको सापटी रकमलाई बढाएको छ।

यससँगै एनसेलका ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारका आधारमा न्यूनतम ४० देखि अधिकतम २ सयसम्म सापटी लिन सक्ने टेलिकलमे जनाएको छ। यसमा २ रुपैयाँ सेवाशुल्कमा सापटी लिन सक्ने टेलिकलमे जनाएको छ। 

यसैगरी रिचार्ज बोनस भने एनसेल नेटवर्कभित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। बोनस रकम सोही दिनको मध्यरातिसम्म मान्य हुने एनसेलले जनाएको छ।

पदको घडीमा कार्यालयको कामकाज घरबाटै पुरा गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले १५ जिबी डेटा भोलुमसहितको स्पेशल डेटा प्याक‚ स्टे होम प्याक ल्याएको छ। ग्राहकले करबाहेक मात्र २ सय ३० (करसहित २९३.६९०मा यो प्याक सुचारु गर्न एनसेलले जनाएको छ।

यो डेटा प्याकमा रहेको १५ जिबी डेटामा १० जिबी डेटा सबै नेटवर्कमा (टुजी, थ्रिजी र फोरजी) मा लागू हुनेछ भने ५ जिबी डेटा फोरजी नेटवर्कमा मात्र लागू हुने कम्पनीले जनाएको छ।

यो प्याकको समयावधि सात दिनको रहेको छ र ग्राहकले मध्यरातदेखि बेलुका ६ बजेसम्मको समयमा डेटा प्रयोग गर्नुपर्ने एनसेलले जनाएको छ। एनसेलको यो योजनाअन्तर्गतका सबै अफरहरु ३० दिनका लागि सञ्चालनमा रहनेछ जनाएको छ।

के भन्छ प्राधिकरण?

दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणले भने यस विषयमा सेवा प्रदायकबाट जानकारी आएपछि अध्ययन गर्ने  जनाएको छ। 

सेवा प्रदायकले निर्देशन पछि दिएको सुविधा निर्देशन अनुसार भए नभएको अध्ययन गरेर आवश्यक निर्णय लिने प्राधिकरण प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन्।
 

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १२:४४
  • #telecom

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
रेशम चौधरीको उम्मेदवारी खारेज
सम्बन्धित सामग्री
श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ। ती ती दे... मंगलबार, भदौ १७, २०८२
सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारवाहीका सूचनालाई डिजिटल प... बिहीबार, साउन १, २०८२
देशभर सामान्यतया बदली, पूर्वी तथा मध्य नेपालका केहि क्षेत्रमा वर्षाको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बा... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्