काठमाडौं– बेलायती महारानी एलिजाबेथ द्वितियको स्वास्थ्य अवस्था राम्रो रहेको बकिङघम दरबारले जनाएको छ। राजकुमार चार्ल्सलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको समाचार सार्वजनिक भएसँग दरबारले विज्ञप्ति निकालेर यस्तो बताएको हाे।
महारानी एलिजाबेथका जेठा छोरा राजकुमार चार्ल्सलाई कोरोना संक्रमण भएको र मध्यम खाले लक्ष्ण देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। महारानी एलिजाबेथ पति फिलिपसहित लण्डनबाहिर विन्सडरमा छिन्।
गत मार्च १२ मा बकिङ्घम दरबारमा आयोजित एउटा पुरस्कार वितरण समारोहमा राजकुमार चार्ल्स र ९३ वर्षीया महारानीबच भेट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।