एजेन्सी- बेलायतका राजकुमार प्रिन्स चार्ल्समा कोरोना संक्रमण देखिएको छ। परीक्षणमा उनको नतिजा पोजेटिभ आएको हो। बिबिसीका अनुसार ७१ वर्षीय चार्ल्सको स्वास्थ्य अवस्था राम्रो छ। उनी र राजकुमारी सेल्फ आइसोलेसनमा छन्।
राजकुमारीको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको छैन। केही दिन अगाडिबाट चार्ल्समा कोरोनाको संक्रमणको लक्षण देखिएपछि उनी स्कटल्यान्डमा रहेको निवासमा आइसोलेसनमा बसेका थिए।
उनीसँगै राजकुमारको पनि स्वास्थ्य परिक्षण गरिएकोमा उनमा भने संक्रमण देखिएको छैन। अघिल्लो साता चार्ल्स केही सार्वजनिक कार्यक्रमहरुमा सहभागी भएका थिए। त्यही क्रममा उनी संक्रमित भएको हुनुसक्ने आँकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।