• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना महामारी नियन्त्रणमा 'मास टेस्टिङ' कति आवश्यक?

  देवी श्रीधर बुधबार, चैत १२, २०७६  १५:५०
1140x725
जर्मनीको इसेनमा कोरोना भाइरसको नमुना परीक्षण गर्दै एक स्वास्थ्यकर्मी। तस्बिर : रोयटर्स/वल्फग्याङ र्‍याटी

सन् २०१९ को डिसेम्बरमा श्वासप्रश्वासलगायतका समस्याका साथ चीनियाँ अस्पतालमा बिरामी पुगे। यस्ता लक्षणको कारण के थियो भन्ने ‍अनविज्ञता थियो। यसअघि देखिएका सार्स, मर्स, वा इन्फ्लुएन्जा नभई नयाँ खाले कोरोना भाइरसको संक्रमण भन्ने पछि पत्ता लाग्यो। सुरुवाती चरणमा जब डाक्टरहरूले खतराको संकेत गरे, पुलिसले उनीहरूलाई धम्की दियो। स्वास्थ्य अधिकारीहरूले सुरुसुरुमा मानिसदेखि मानिसमा कोरोना भाइरस फैलनेबारे कुनै स्पष्ट प्रमाण नभएको जानकारी दिए।

चीनले अन्ततः डिसेम्बर ३१, २०१९ मा यस प्रकोपबारेमा विश्व स्वास्थ्य संगठनलाई सूचित गर्‍यो। त्यतिबेलासम्ममा चीनियाँ सरकार यो रोग नियन्त्रण गर्न वा व्यवस्थापन गर्न त्यति सजिलो छैन भन्ने कुराले भित्रभित्रै चीन्तित भइसकेको थियो।

२३ जनवरी २०२० सम्ममा चीनमा १ हजार ५ सय ७१ संक्रमित भएको र १७ जनाको मृत्यु भइसकेको थियो। लगत्तै संक्रामक रोग विशेषज्ञहरूले नयाँ कोरोना भाइरसको महामारी हुनसक्ने खतराको संकेत गरे। यसलाई हाल कोभिड-१९ भनेर चीनिन्छ।  साथसाथै उनीहरूले आगामी दिनमा चीनमा लाखौंको संख्यामा मानिष संक्रमित हुने र दैनिक रुपमा एक लाख नयाँ संक्रमण हुन सक्ने समेत प्रक्षेपण गरे। त्यसकै भोलिपल्ट चीनको केन्द्र सरकारले ५ करोड ६० लाख जनसंख्या भएको वुहान शहर र हुबेई प्रान्तका अन्य शहरहरूमा कर्फ्यू लगाएको थियो। 

तर यी उपायहरू कार्यान्वयन हुनुअघि नै यो भाइरस हङकङ, सिंगापुर, दक्षिण कोरियालगायतका अन्य देशहरूमा पनि फैलिन थालिसकेको थियो। दक्षिण कोरियाले फेब्रुअरी २८ मा २ हजारभन्दा बढीमा संक्रमण रिपोर्ट गरिसकेको थियो। त्यसपछि, मार्चको सुरूतिर, केही देशहरूमा अप्रत्याशित रुपमा संक्रमणको दैनिक वृदिदरमा स्थिरता देखिन थाल्यो। हाल चीनमा संक्रमितको संख्या हजारभन्दा कममा नै सीमित भएको छ। दैनिक नयाँ संक्रमणको दर घट्दो छ। यता जनवरी ३० मा कोभिड-१९ को पहिलो घटना देखिएको इटलीमा अहिले यस रोगबाट चीनभन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन्। मार्च २३ सम्मको तथ्यांक अनुसार इटलीमा ६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। 

रोग रोकथाम र व्यवस्थापनका लागि चीनले लिएको कठोर रणनितीले अन्य देशहरुलाई सम्भावित महामारीविरुद्धको तयारीका लागि पर्याप्त समय प्रदान गरेको थियो। यसको प्रकोप उनीहरूको संघारमा पुग्नुअघि, विश्वभरिका राष्ट्र प्रमुखहरूले आ-आफ्नै तरिकाले योजना गर्ने/नगर्ने निर्णय गरे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय टेलिभिजनमा यस रोगको खतरालाई कम आँकलन गरे। तर दक्षिण कोरियाली राष्ट्रपति मुन जा-इनले प्रारम्भिक चरणमा नै प्रभावकारी निर्णायक कदम चाले।

वास्तवमा, यस रोग विरुद्धको लडाईंमा दक्षिण कोरिया उदाहरणीय बनेको छ। चीनभन्दा बाहिर देखिएको संसारको सबैभन्दा ठूलो संक्रमण भएतापनि दक्षिण कोरियाले राष्ट्रियव्यापी लकडाउन समेत लागू नगरी नयाँ संक्रमण घटाउन सफल भएको छ।

इटली र दक्षिण कोरियाको तुलनाले अविश्वसनीय भिन्नता देखाउँदछ। मार्च १ मा इटलीमा १ हजार ७ सय १ संक्रमित भएका थिए भने ४१ जनाको मृत्यु भएको थियो। सोही मितिमा दक्षिण कोरियामा ३ हजार ७ सय ३६ संक्रमित र २१ जनाको मृत्यु भएको थियो। तीन हप्तापछि मार्च २२ मा इटालीमा महामारीको कारण ५९ हजार १ सय ३८ मा संक्रमण पुग्यो भने ५ हजार ४ सय ७६ मृत्यु भएको छ। दक्षिण कोरियामा संक्रमण केवल दोब्बर (८ हजार ८ सय ९७) भएको छ र  भने मृत्यु हुनेको संख्या १ सय ४ छ।

दक्षिण कोरियाको सफलताको आधार द्रुत गतिमा ठूलो संख्या (मास टेस्टिङ), संक्रमित र भाइरसको बाहकको नजिक वा सम्पर्कमा आएका हरेक व्यक्तिको छिटो-छिटो पहिचान (कन्ट्याक्ट ट्रेसिङ) गरी उनीहरूलाई  अनिवार्य क्वारेन्टाइनमा राख्नु नै हो। करिब ५ करोड १० लाख जनसंख्या भएको देशले देशभर ६ सयभन्दा बढी परीक्षण केन्द्रमार्फत् दैनिक रूपमा २० हजारभन्दा बढी मानिसहरुको परीक्षण गरिहेको छ। परीक्षणमा संक्रमण नदेखिएकालाई मोबाइल एप्लिकेसनको प्रयोग गरी सुचित गर्ने र सम्भावित संक्रमण र संक्रमितबाट टाढा बस्न सचेत गराउने गरिएको छ।

nimb
nimb

कोभिड-१९ विरुद्धको लडाईंमा दक्षिण कोरिया उदाहरणीय बनेको छ। चीनभन्दा बाहिर देखिएको संसारको सबैभन्दा ठूलो संक्रमण भएतापनि दक्षिण कोरियाले राष्ट्रियव्यापी लकडाउन समेत लागू नगरी नयाँ संक्रमण घटाउन सफल भएको छ।

यद्यपि अमेरिका, बेलायतजस्ता अन्य देशहरुमा परीक्षणको महत्व र विशेषत: सामान्य लक्षण देखिएकाहरूलाई परीक्षण गर्दा हुने फाइदाका विषयमा सरकारको सार्वजनिक र आन्तरिक बहस चलिरहेको छ। मार्च २० सम्म दक्षिण कोरियाको परीक्षण दर ६ हजार १ सय ४८ प्रति दश लाख थियो। जबकि बेलायतमा ९ सय ६० प्रति दश लाख र अमेरिकामा ३ सय ४१ प्रति दश लाखको परीक्षण भइरहेको थियो। कतिपय देशका अधिकारीहरू नदेखिएका रोगी र संक्रमित पहिचान गर्दा अनावश्यक रुपमा स्रोतसाधन खेर जाने तर्क गर्दै आएका छन्। 

मार्च १२ मा बेलायत सरकारले कोभिड-१९ को हल्का लक्षण देखिएका, अस्पतालमा आउने तर भर्ना नभएको, वा स्वास्थ्यकर्मीहरूको परीक्षण रोक्न रणनीतिक निर्णय गर्‍यो। यो एक खतरनाक र अदूरदर्शी निर्णय थियो। कार्यान्वयनमा आएको एक साता पनि नपुग्दै प्रधानमन्त्री बोरिस जोन्सनले सो नीति परिवर्तन गर्दै प्रति दिन २५ हजार परीक्षण गर्ने उद्घोष  गरे

मुख्यत, मास टेस्टिङ परीक्षणले तल उल्लेखित ५ विषयगत महत्त्व राख्दछन्
पहिलो
, यदि कुनै व्यक्तिमा भाइरसको संक्रमण भएको पुष्टि भएमा सामान्यतया अलग्याउने धेरै संभावना रहन्छ। विभिन्न देशहरुमा ७-१४ दिनसम्म आइसोलेसनमा बस्न निर्देशन जारी गरिएको छ। तर ज्याला मजदुरी गर्ने, काममा जान नपाउदा आफ्नो घरको चुल्हो बाल्न नसक्नेहरूका लागि यो अव्यावहाहरिक र कष्टप्रद हुने गर्दछ। 

दोस्रो, रोगको संक्रमणको जालो तोड्न स्वास्थ्य अधिकारीहरू र निर्णयकर्ताले भाइरस कहाँ छ र कसलाई संक्रमित गरिरहेको छ भन्ने कुरा जान्न आवश्यक छ। केही अध्ययनले लक्षण देखा नपरेका व्यक्तिबाट ५० प्रतिशत जति संक्रमण फैलने गरेको देखाएका छन्। कोरोना भाइरसको यसरी अन्जान रुपमा हुने फैलावट रोक्नलाई पनि परीक्षण जरुरी छ। भाइरस संक्रमितको नजिक सम्पर्कमा रहेका (जस्तै कामका सहकर्मीहरू, समान अपार्टमेन्ट भवनमा भएका व्यक्तिहरू, वा समान क्याफेहरू, पसल, रेल वा विमानहरूमा भएका वा धार्मिक स्थल वा जमघटमा भएका मानिसहरु)लाई सूचित र सजग राख्नुपर्दछ। लकडाउन महामारी नियन्त्रणका लागि सामान्य तर महत्वपूर्ण जनस्वास्थ्यको विधि हो। 

तेस्रो, महामारीको बेला सरकार र अधिकारीहरूलाई स्वास्थ्यकर्मीहरूको लागि उचित सुरक्षाको उपकरण (PPE), अस्पातलहरूको व्यवस्था, त्यहाँ चाहिने आवश्यक उपकरण जस्तै- भेन्टिलेटर र अक्सिजन र बेड व्यवस्था गर्न कठिनाई उत्पन्न हुने गर्दछ।  महामारीको प्रारम्भिक चरणमै व्यापक परीक्षण र संक्रमितको पहिचान गर्नाले समस्या र आवश्यकता अनुरूप स्रोत-साधान लाई उचित प्रयोग गर्न सकिन्छ। आगामी दिनमा कति बिरामी आउँछन्, कतिलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्दछ, कतिलाई सामान्य उपचार पर्याप्त हुनेछ भन्ने जस्ता कुराको प्रक्षेपण र योजना स्वास्थ्यकर्मी र व्यवस्थापनमा हुनुपर्दछ। 

चौथो, चीन र दक्षिण कोरियामाझैँ कुनै पनि रोग देशको कुनै भूभागमा केन्द्रबिन्दु बनाएर फैलिने गर्दछ। उदाहरणका लागि बेलायतमा लन्डनमा कोभिड-१९ का गम्भीर बिरामी अस्पताल पुग्ने क्रम बढ्दो छ। अस्पताल भर्ना हुने गम्भीर बिरामीको संख्यालाई विगतमा सामुदायिक तवरमा फैलिएको संक्रमणको परिणाम भन्ने बुझ्नु पर्दछ। त्यसैले सक्रिय रुपमा परीक्षण गरेमा रोगको नयाँ केन्द्रबिन्दु र फैलिने ठाउँ र तरिकाहरूको जानकारी राख्न सहज हुन्छ। 

अन्तमा, विश्व स्वास्थ्य संगठनले दैनिक रूपमा महामारीको रिपोर्ट प्रस्तुत गर्ने गरेको छ। महामारीको विकासक्रम पत्ता लगाउन र नियन्त्रणका लागि सुक्ष्म निरीक्षण गर्न प्रतिदिन प्रत्येक देशमा प्रमाणित हुने संक्रमणलाई ध्यान दिँदै आएको छ। तर ती संख्याको विश्वासनीयता व्यापक रूपमा परीक्षण गरिएको वा नगरिएको भन्नेमा निर्भर हुन्छ। सामान्य लक्षण देखिएका वा लक्षण देखा नपरेका संक्रमित कति छन् भन्ने परीक्षण बिना थाहा हुन सक्दैन। परीक्षणको अभावमा समुदायमा वा राष्ट्रमा समस्याको गहनता र गाम्भीर्याता कति ठूलो छ भन्ने बुझ्न कठिन हुने गर्दछ।

प्रत्येक महामारी सही र विश्वसनीय परीक्षणका साथ सुरू र समाप्त हुन्छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयससका अनुसार हरेक देशले आफ्नो जनस्वास्थ्य संरचनालाई चुस्त-दुरुस्त राखी, व्यापक रुपमा परीक्षण गर्ने, हरेक संक्रमितलाई पहिचान गर्ने, आइसोलेसनमा राख्ने, संक्रमितको सम्पर्कमा आएका हरेक व्यक्तिलाई पहिचान गर्ने र ‘क्वारन्टाइन’मा बसाउनु नै यस महामारीको रोकथाम र नियन्त्रणको प्रमुख आधार हो। स्वास्थ्य संस्थामा पर्ने भार कम गरी भाइरसको फैलावटमा कमी ल्याउनु कोभिड-१९ बाट हुने मृत्‍युदर न्यून राख्दै दक्षिण कोरियाले आफूलाई नमुनाका रूपमा प्रस्तुत गरिसकेको छ।

वर्तमान अवस्थामा धनी या गरीब सबै राष्ट्र र सरकारहरुले एक अर्काको गल्ती र सफलताबाट पाठ सिक्दै विश्व स्वास्थ्य संगठनको समन्वय र निर्देशनलाई आत्मसात र पालना गर्न सके मात्रै यो महामारीलाई पराजित गर्न सकिनेछ।

(एडिनबर्ग विश्वविद्यालयमा ग्लोबल हेल्थ विषयका प्रोफेसर देवी श्रीधरद्वारा लिखित आलेख फरेन पोलिसीबाट लिइएको हो। यो आलेख ताराबल्लभ अधिकारीले भावानुवाद गरेका हुन्।)

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १५:५०
  • #Corona Virus
  • #election

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले
त्रिशूली बाढी: नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता
चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले शनिबार, भदौ १३, २०८३
त्रिशूली बाढी: नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता शनिबार, भदौ १३, २०८३
चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा शनिबार, भदौ १३, २०८३
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा शनिबार, भदौ १३, २०८३
गुगलले सुरू गर्‍यो नेपालको बाढीसम्बन्धी आपतकालीन अपडेट शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्