काठमाडौं- सरकारले गठन गरेको कोरोना कोषमा राष्ट्रिय जनता पार्टीका संघीय सांसदहरुले पनि १५ दिनको तलब जम्मा गर्ने भएका छन्।
पार्टीका अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीको तर्फबाट महासचिव केशव झाले सूचना प्रकाशित गरेका छन्।
संसदीय दलको कर्मचारी र पार्टीको कर्मचारीहरु सबै सेल्फ क्वारेन्टाइनमा रहेकोले लिखित विज्ञप्ति भने जारी गर्न नसकिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।