• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना : अमेरिका र चीनबीच पर्दापछाडि चलेको लडाईं

जोनाथन मार्कस मंगलबार, चैत ११, २०७६  १९:४२
1140x725
गत वर्ष जुन जी-२० को बैठकमा चिनियाँ राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङ। तस्बिर : एपी/सुसन वाल्स

विश्वभर कोरोना भाइरसको महामारी चलिरहेको बेला चीन र अमेरिका भने अघोषित युद्धमा छन्। यो लडाईंमा दुवै देशका केही स्वार्थ पनि छन्। चीन विश्वको 'लिडर' बन्ने प्रयासमा छ भने अमेरिका विश्वकै शक्तिशाली भएको हैसियत गुमाउन चाहँदैन। 

चीन र अमेरिकाबीचको सम्बन्ध त्यति राम्रो छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगातार कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्दै आएका छन्। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पनि यसलाई ‘वुहान भाइरस’ भन्दै टिप्पणी गरे। अमेरिकाको यस्तो प्रकारको अभिव्यक्तिले चीन बिल्कुलै खुसी छैन। 

अमेरिकी राष्ट्रपति र विदेशमन्त्री दुवैले कोरोना भाइरस नियन्त्रण नगरेको भन्दै चीनको आलोचना गरेका थिए। तर चीनले ती सबै आरोप खेप्दै आफूहरू विश्वलाई प्रष्ट पारिरहेको बताउँदै आएको छ। अर्को तर्फ चीनियाँ सामाजिक सञ्जालमा कोरोना भाइरस अमेरिकी सेनाका कारण फैलिएको अफवाह भाइरल भयो। हालसम्म पनि यो क्रम चलिरहेकै छ। तर वैज्ञानिकहरूले यो भाइरस प्राकृतिक रूपमा उत्पत्ति भएर सुरु भएको हुन सक्ने भन्दै आएका छन्। 

अमेरिकाको गलत निर्णय र चीनको सुझबुझ 
चीन र अमेरिकाबीचमा चलेको यो लडाईं दोषारोपमा मात्र सीमित छैन। यो महिनाको शुरुमा जब अमेरिकाले इटलीलगायत अन्य युरोपेली देशहरुका यात्रुलाई प्रतिबन्ध लगाउने निर्णय गर्‍यो सोही समयमा चीनले इटालीमा आफ्नो मेडिकल टिम र मेडिकल  समान सप्लाई गर्ने निर्णय गर्‍यो। 

कोरोना भाइरसका कारण सबैभन्दा ठूलो संकटमा जुधिरहेको इटलीका लागि यो राहतकै विषय भयो। चीनले इरान र सर्बियामा पनि मेडिकल सामग्री पठाएको छ। यो विश्वलाई देखाउनका लागि ठूलो कुरा होइन होला, तर मुख्य कुरा अमेरिका र चीन कसरी पर्दापछाडि लडाईं गरिरहेका छन् भन्ने जानकारी पाउन भने योभन्दा उपयुक्त उदाहरण कम नै भेटिएला। उनीहरूबीचमा एक अघोषित युद्ध शुरु भएको छ भन्ने पनि हो। चीन यो समस्याको अवस्थामा एक लिडरको रूपमा आफूलाई देखाउने प्रयासमा लागेको छ भने अमेरिका आफैभित्रको कोरोना भाइरसको नियन्त्रणमा लडिरहेको छ। यो लडाइमा चीनले विजय पाउँदै बाहिर निस्केकाले उसले अहिले विश्वभरलाई हेरिरहेको छ। कोरोना भाइरसको यो लडाईंमा चीनले अमेरिकालाई पछाडि छोडेको छ। चीनले मेडिकल टिम पठाएपछि अमेरिकाले पनि युएस एयरफोर्सको सानो मेडिकल सुविधासहितको टोली इटली पठाएको छ। 

 

कोरोना भाइरसको संक्रमणको जोखिम बढेपनि यसले देशको प्रशासनिक र राजनीतिक व्यवस्थाको अब्बलता जाँच लिइरहेको छ। कोरोना भाइरसको यो लडाईंमा नेतृत्व नै सबै थोक हो भन्ने निश्चित छ। यो संकटको अवस्थामा कसले कति प्रभावकारी रूपमा नियन्त्रणको भूमिका निभाए र अन्य देशलाई सहयोग गरे भन्ने आधारमा आँकलन गर्न सकिएला। त्यस्तै यी देश र नेताहरूले कुन रूपमा आफ्ना देशका संशोधनको प्रयोग गरेर महामारी रोके भन्ने कुरा इतिहासले मूल्यांकन पक्कै गर्नेछ। 

Ncell 2
Ncell 2

चीनको प्रभाव बढ्ला? 
अमेरिका र चीनबीचको व्यापार युद्ध नसकिँदै यो महामारी फैलिएका छ। उनीहरू खराब सम्बन्धको यात्रामा चलिरहेका छन्। यसबीचमा आशिंक रुपमा आपसी मतभेद कम भएपनि पूर्ण रूपमा ठिक नभई कोरोना र 'चाइनिज भाइरस'को शीतयुद्ध शुरु भएको छ। दुवै देश फेरि एकपटक हतियारको होडमा जुटेका छन्। दुवै देश भविष्यमा एसिया–प्रशान्त क्षेत्रमा कुनै युद्धका लागि तयारीमा जुटेको प्रष्ट बुझिन्छ। 

चीन कमसेकम एसिया प्रशान्त क्षेत्रमा सैन्य सुपरपावरका रूपमा आफूलाई उभ्याउन सफल भएको छ। त्यस्तै चीनले अब अन्तराष्ट्रिय परिदृश्यमा ठूलो भुमिका निभाउने समय आएको छ। कोरोना भाइरससँगको युद्धमा जित हासिल भएपछि चीन आर्थिक रुपमा बिग्रेको अर्थतन्त्र सपार्न सफल हुने देखिन्छ।

चीनको सहयोग लिन जरुरी छ
अहिलेको परिस्थितिमा कोरोना भाइरससँग लड्न चीनको सहयोग लिन जरुरी देखिन्छ। मेडिकल तथ्यांक र उसको अनुभव अहिलेको अवस्थामा महत्वपूर्ण हुने निश्चित छ। 

चीन मेडिकल इक्विपमेन्ट, मास्क र प्रोटेक्टिव सुटजस्ता वस्तुहरुको ठूलो उत्पादक हो। संक्रमित बिरामीको उपचार गर्ने टिम र यस भाइरससँग लड्ने अन्य मानिसका लागि यी अत्यावश्यक वस्तु हुन्। विश्वभर यी वस्तुहरूको सप्लाई आवश्यक छ। चीनबाहेक अन्य देशसँग कमै मात्र यस्तो शक्ति छ, जसले रातारात विश्वभरमा आवश्यकता बढ्दै गएका यी वस्तुहरूको आपूर्ति पूरा गर्न सकोस्। चीन पनि यही मौका पर्खेर बसेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पका आलोचक उनले यो मौका गल्ती गरिसकेको टिप्पणी गर्न थालिसकेका छन्। उनीहरूका अनुसार ट्रम्प प्रशासन यो संकटलाई शुरुवातामा पहिचान गर्न असफल रहेको आरोप लगाइरहेका छन्। अमेरिका पहिलाको नारालाई अगाडि बढाउन सक्ने मौका ट्रम्प प्रशासनले गुमाएको उनीहरूको बुझाइ छ।

'प्रोपोगान्डा वार'मा अघि निस्कियो चीन
मौका पाउन सहज छैन। कतिपय मानिस आश्चर्यचकित होलान्- खराब अवस्थामा चीनले आफ्नो मात्र फाइदा कसरी सोच्न सक्ला र? चीनमा नै कोरोना भाइरसको संक्रमण सुरु भयो। वुहानमा विकसित भएको यो संकटमा बेइजिङले शुरुवाती अवस्थामा गोपनीय तरिकाले काम गर्‍यो। त्यस लगत्तै चीनले आफ्नो विशाल संसाधनलाई असर नपर्ने गरी रोक्न सफल भएको छ। यो विषय सोचनीय छ।

 

प्रेस फ्रिडम अर्गनाइजेसन पिइएन अमेरिकाका सिइओ सुजेन नोसेलले  विदेश नीति सम्बन्धी वेबसाइटमा एक लेख लेखेका छन्। उनका अनुसार शुरुवाती अवस्थामा यो महामारीको गलत व्यवस्थापनका कारण सामाजिक अर्थव्यवस्थामा आक्रोश पैदा हुने हो कि भन्ने डर पैदा भएको थियो। यस्तो अवस्थामा बेइजिङले ठूलो मात्रामा आक्रामक रुपमा घरेलु र ग्लोबल प्रोपोगान्डाको क्यापियन शुरु गर्‍यो। चीनले यही समयमा चीनभित्रका बिरामीको आफ्नो धारणा लुकाउने र ग्लोबल रूपमा यसलाई फैलाउन आफ्नो भूमिका नदेखिने काम गर्‍यो। खास रूपमा अमेरिका विरुद्ध आफ्नो एक इमेज बनाउने प्रयास पनि उसले गर्‍यो। 

के विश्वको समीकरण बदलिन्छ?
धेरै पश्चिमी टिप्पणीकारले चीनको तानाशाही र अतिराष्ट्रवादी देशका रूपमा मात्र देखेका छन्। उसको यो इमेज झन् तीव्र रुपमा बढ्दै जानसक्ने उनीहरूको विश्वास थियो। अमेरिकाका सहयोगी अहिले पर्ख र हेरको अवस्थामा रहेका छन्। उनीहरु खुलेआम ट्रम्प प्रशासनको आलोचना गर्दैनन् तर चीनमाथि खुल्ला रुपमा भइरहेको आलोचनालाई पनि मन पराएका छैनन्। चीनियाँ प्रविधिको विवाद र इरानको विवादमा उनीहरूले असन्तुष्टि राख्दै आएका छन्। चीन यो महामारीको समयमा आफ्नो पहुँचको प्रयोग गरिरहेको छ। उनीहरू भावी सम्बन्धका लागि नयाँ मापदण्ड तय गर्दैछन्। चीन विश्वका लागि आवश्यक शक्ति बन्न पनि सक्छ। कोरोना भाइरसविरुद्धको लडाईंका दौरानमा आफ्ना छिमेकी जापान र दक्षिण कोरियाका साथसाथै हुनु र युरोपेली संघका देशमा हेल्थ इक्विपमेन्ट पठाउनु यस सन्दर्भमा देख्न सकिन्छ। 

विदेशी नीजि वेबसाइटमा छापिएको लेखमा कर्ट एम क्याम्पवेलले यो घटनालाई बेलायत पतनसँग तुलना गरेका छन्। स्वेज क्यानालमाथि कब्जा गर्न १९५६ मा बेलायत असफल कोसिससँगै जसरी पतन भयो। अहिलेको अवस्था पनि उस्तै देखिँदै गएको छ। ‘यो पतनसँगै बेलायतको ग्लोबल पावरको यात्रासमेत अन्त्य भएको थियो,’ उनी लेख्छन् ‘आज अमेरिकी सरकार अहिलेको आवश्यकता पूरा गर्न नसकेमा कोरोना भाइरसका कारण स्वेज क्यानलकै घटनामा सावित हुनेछ।' -बिबिसी हिन्दीबाट अनुदित

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १९:४२
  • #Novel Corona Virus
  • ##usa

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता आइतबार, पुस २७, २०८२
भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (लाइभ) आइतबार, पुस २७, २०८२
शेखरको भिडिओ सन्देश- सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्