• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाले सहरी गरिबको भान्सा लकडाउन

64x64
प्रजु पन्त मंगलबार, चैत ११, २०७६  २१:१०
1140x725

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलने जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउन गर्ने हल्ला चलिरहँदा मैतीदेवी चोकमा मकै पोलेर गुजारा चलाउँदै आएकी गङ्गा चन्दलाई भने दैनिक गुजारा चलाउने पिर थियो। 

सोमबार दिउँसोतिर भेट हुँदा उनी लकडाउन भए आम्दानी  घट्ने र आर्थिक भार थपिने भन्दै गुनासो गरिरहेकी थिइन्। कोरोना भाइरसको संक्रमण र त्यसबाट जोगिने उपाय थाहा छ/छैन, साबुन पानीले हात धुने गरेको छ/छैन, माक्स लगाउने गरेको छ/छैन भनेर कुरा गर्न खोज्दा उनले प्रसंग मोडेर आर्थिक भारतिर पुगिन्।

'कोठा भाडा ८ हजार बुझाउनुपर्छ। ४ वटा छोराछोरी छन्। बुढा बिरामी छन्,’ गंगाले भनिन्, ‘घरायसी काम गरेर महिनाको ४-५ हजार भन्दा हुन्न। अब कोरोना भनेर सबै बन्द गर्दा केले छोराछोरीको मुख टाल्ने? बुढालाई कसरी औषधी खुवाउने?’ 

यति भन्दा उनको चेहरा परिवर्तन भइसकेको सकेको थियो। कोरोनाले ज्यान लैजाला भन्ने चिन्तामा आम मानिस हुँदा उनी कोरोनाबाट जोगिन सरकारले लकडाउन गर्दा भान्सा नै लकडाउन हुने चिन्तामा थिइन्। 

'घरबाट बाहिर ननिस्की भन्छ सरकार। अब घरबाट बाहिर ननिस्की हाम्रो चुल्हो नै बल्दैन,’ उनले भनिन्,‘अब हाम्रो चुलोको कसलाई चिन्ता? कसले बोलिदेओस् हाम्राबारे?’

 

 

Ncell 2
Ncell 2
nimb
nimb

 

कोरोना संक्रमणबाट जोगिने प्रभावकारी उपाय एकान्तमा बस्नु नै हो। काठमाडौंमै एक जना कोरोना संक्रमित भेटिएपछि सरकारले जनस्वास्थ्यमाथिको जोखिमका कारण लकडाउनको आदेश जारी गरेको हो। सात दिनको लकडाउन अवधिमा दैनिक खुद्रे कमाइको आधारमा गुजारा चलाउने गंगाहरुका विषयमा भने सरकार संवदेनशील देखिएको छैन।

साँझपख अकस्मात् लकडाउनको निर्णय गर्दा सात दिनका लागि खाद्यान्न जोहो गरेर बसेका र जोहो गर्न सक्ने वर्गलाई त त्यति सकस नपर्ला। तर गंगाहरू त कोरोनाको कहरमा पर्नु अगाडि नै भोकमरीको कहरमा पर्ने जोखिम बढी देखियो।

मैतीदेवीचोकमा तरकारी बेच्दै आइरहेकी अर्की ५० वर्षीय लक्ष्मी दाहालका कुरा सुनौं।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनी दैनिक १५ सय जतिको तरकारी बेच्छिन्। उनका अनुसार खर्च कटाएर ७-८ सय बच्छ। कमाई घरखर्चमा ठिक्क हुने भएकाले बचत छैन। दिनभर कमाउने बेलुका छाक टार्ने दैनिकी भएकी उनको चिन्ता पनि लकडाउनमा कसरी खर्च जोहो गर्ने र भान्सा चलाउने भन्ने चिन्ता नै देखियो।‘अब सबै बन्द गरेपछि हामीचाहिँ के खाएर बाच्ने?’ उनले प्रतिप्रश्न गरिन्। 

000

ज्ञानेश्वर ओरालो विभिन्न थरिका च्याउ बेच्दै आइरहेका कुमार खड्का र मैतीदेवीस्थित घट्टेकुलोमा ५ वर्षदेखि तरकारी बेच्दै आइरहेकी सीता लामा पनि लकडाउनप्रति खुसी थिएनन्। सरकारले गरेको निर्णयका कारण उनीहरु कोरोना भाइरसको संक्रमणमा नपरुन् भनेर हो भन्ने पनि थाहा छ। तर आम्दानी नहुँदा छाक टार्ने पिरलो सामु कोरानोको कहर फिक्का देखियो उनीहरूको जीवनमा।

‘सरकारले लकडाउन हाम्रै लागि गरेको हो। तर के खाने भन्ने नै समस्या पर्ने भो नि,’ सीताले भनिन्, 'भाडा बुझाउन नसकेपछि घरबेटीले नि के राख्लान् र?’

धनाढ्य, मध्यम वर्ग र दैनिक आम्दानीले घर खर्च चलाउने निम्न मध्यम वर्ग यही सहरमा छन्। सरकारले लकडाउन गरेको यी तीनै वर्गको सुरक्षाका लागि नै हो। सरकारको उदेश्य एकै भए पनि उसको निर्णयले हरेक वर्गलाई पार्ने असर भने भिन्न-भिन्न हुन्छ नै।

एकै ठाउँ, एकै समस्या भए पनि आर्थिक अवस्थाले यस्तो अवस्थामा दैनिक गुजारामा प्रभाव पार्छ नै। त्यसैले त अमेरिका, बेलायतलगायतका देशले लकडाउनलगायतका निर्णय गर्दा त्यसबाट प्रभावित हुने निम्न र मध्यम वर्गलाई लक्षित गरेर सहयोगको प्याकेक कार्यक्रमसमेत ल्याउँछन् नै।

तर नेपालमा भने त्यस्तो भएन। चीनको वुहानमा कोरोना भाइरसको संक्रमण देखिए देखि नै के गर्ने के नगर्ने अन्यौलमा परेको सरकार लकडाउनको निर्णयसम्म पुग्दा नै अन्यौलमै देखियो र प्रभावित हुन सक्ने परिवारबारे कुनै योजना विना नै अकस्मात् लकडाउनको निर्णयमा पुग्यो।

कोरोना भाइरसविरुद्ध लड्न सरकारले कोषसमेत बनाएको छ। सरकारी, गैरसरकारी र नीजि रुपमा समेत सो कोषमा सहयोग आइरहेको छ। तर सो सहयोग कुन क्षेत्रमा कसरी खर्च गर्ने सरकारले प्रष्ट योजना सार्वजनिक गरिसकेको छैन।

यस्तो अवस्थामा लकडाउन जस्तो दैनिक जीवनयापन नै ठप्प हुने घोषणा गर्नु अगाडि प्रत्यक्ष प्रभावमा पर्ने निम्न आय भएका नागरिकबारे विशेष अभियान ल्याउनु पर्दैनथ्यो? 

अर्थशास्त्री प्रा. डा. कृष्ण आचार्य सकरकारले चाहेर पनि वास्तविक गरिबलाई सहयोग गर्न नसक्ने बताउँछन्। युरोपेली देशमा सरकारले नागरिकको खातामा पैसा जम्मा गरिदिने, खाद्यान्न जोहो गरिदिने व्यवस्था छ। नेपालमा सबै नागरिकको बैंक खातासमेत नहुने, कुन शहरमा कति यस्ता परिवार छन् तथ्यांक नहुने र उनीहरू कसरी/के गरेर बस्छन् भन्ने जानकारी नहुँदा विकसित देशमाझैं राहत कार्यक्रम नेपालमा सम्भव नहुने उनको तर्क छ।

‘सरकारले नागरिक तहमा सहयोगको अपिल गरेर सहयोग अभियानको प्रारम्भ गर्न सक्छ,’ उनले भने,‘तर आफैं बाड्न सक्छ जस्तो देखिन्न।’

अर्का अर्थशास्त्री विश्व पौडेल सरकारलाई गरिबीको पहिचान गर्न गाह्रो हुने बताउँछन्। गरिबीको रेखामुनि रहेकालाई मात्र होइन, गरिबीको रेखामुनिको छेउछाउ रहेकालाई पनि झनै बढी समस्या हुने बताउँदै उनले भने,‘नाकाबन्दी ताका ७–८ प्रतिशत निरेपेक्ष गरिबीको रेखामुनि पुगेका थिए। समस्या त हुन्छ नै।’

उनले तत्काल समस्या देखिएपनि केही समयपछि उनीहरू प्रधानमन्त्री रोजगार कोषमा सहभागी हुन सक्ने उपाय सुझाए। कोष पाँच अर्बको हो। अहिलेको अवस्था अलि खुकुलो भएपछि अर्थमन्त्रीले गरिबहरूले निवेदन दिन सक्ने उनले बताए।

‘पोहोर साल प्रधानमन्त्री रोजगार कोषको रकम दुरुपयोग भयो भन्ने आएको थियो,’ उनले भने,‘यसपाली कसरी मिलाउनुहुन्छ उहाँहरुको कुरा भयो। रोजगार गुमाउन सक्ने र साना व्यापार गरेर गुजारा चलाउनेलाई यो कार्यक्रम अन्तर्गत लगियो भने व्यवस्थापनमा सहयोग पुग्छ।’

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  २१:१०
  • #coronaupdate
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्