• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सप्तरीमा ३ जना क्वारेन्टाइनमा, एकलाई धरान पठाउने तयारी

64x64
दिनेश शर्मा मंगलबार, चैत ११, २०७६  १२:५७
1140x725

राजविराज- कतारबाट आएका सप्तरीका तीन जनालाई क्वारेन्टाइनमा राखिएकाे छ। कोरोना भाइरसको संक्रमणको आशंकामा उनीहरुलाई क्वारेन्टाइनमा राखिएकाे हाे।

सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकाका १, डाकनेश्वरी नगरपालिकाको पातोका १ र भारतीय क्षेत्रबाट नेपाल छिरेका १ गरी तीन जनालाई क्वारेन्टाइनमा राखिएकाे जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए। 

हनुमाननगर र पातोका दुवै जनाले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चेकजाँच गराएका थिए। जसमध्ये हनुमाननगरका व्यक्तिलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि होम क्वारेन्टाइनमा पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए।

यसैगरी, पखालाकाे समस्या देखिएका पातोका एक जनालाई पखाला ठीक भएपछि होम क्वारेन्टाइनमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले बताए। सोमबार भारतीय नाका कुनौलीबाट नेपाल प्रवेश गरेका एक व्यक्तिलाई तिलाठी कोईलाडी गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको यादवले जानकारी दिए।

यसैगरी, गत चैत ८ गते कतारबाट नेपाल आएका सुरुङ्गा नगरपालिका-८ का एक युवकलाई रुघाखोकी र लगातार ज्वरो आएपछि उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। २७ वर्षीय ती युवकले केही दिनअघि स्थानीय स्वास्थ्य केन्द्रमा जाँच गराएका थिए। उनमा ज्वरो र रुघाखोकी नरोकिएपछि उपचारमा पठाइएको प्रदेश २ का प्रेदशसभा सदस्य एवं नेकपाका प्रदेश सचिव गोविन्दबहादुर न्यौपानेले बताए।

‘ज्वरो र रुघाखोकी लगातार आइरहेको छ, तर घट्दै पनि गएको छ,’ उनले भने, ‘निर्क्याैल गर्न नसकेपछि हामीले उपचारमा पठाउन पहल गरिरहेका छौं,’ बिरामी युवा परिवारसँगै बसिरहेकाले सबैलाई चेकजाँचका लागि सल्लाह दिइएको उनले बताए।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनाल र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले ती युवाको बारेमा जानकारी आएपछि मेयरसहितका जनप्रतिनिधिलाई उक्त स्थानमा गएर यथार्थ बुझ्न र आवश्यक कदम चाल्न आग्रह गरिएको बताए।

nimb
nimb

यसैबीच, बिहान ६ बजेदेखि सुरु भएको लकडाउन सफल बनाउन सप्तरीमा सेना परिचालन गरिएको छ।

सप्तरीमा रोकथामको तयारी
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सप्तरीका विभिन्न अस्पतालमा गरी ५६ वटा आइसोलेसन वेड र १३ वटा आइसियू कक्ष तयार भएका छन्।

राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा ६ वेड, छिन्नमस्ता अस्पतालमा २० वेड, रुपनी स्थित युनिक एसुकेसनल अस्पतालमा २० वेड र पूर्व क्षेत्रिय प्रहरी अस्पतालमा १० वेडको क्वारेन्टाईन व्यवस्थापन गरिएको छ। यसैगरी, छिन्नमस्ता अस्पतालमा ८ र युनिक अस्पतालमा ५ गरी आवश्यक्ता अनुसार १३ वटा आइसियू वेडसमेत प्रयोग गर्न सकिने सप्तरीका प्रजिअ खनालले बताए।

भारतसँग सीमा जोडिएका विभिन्न स्थानीय तहले समेत २ दिनभित्र २५ देखि ३० वेडको क्यारेन्टाइन तयार गरिसक्ने प्रतिबद्धता जनाएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरुको बैठकमा राजविराजसहित ९ वटा स्थानीय तहले क्वारेन्टाइनका निर्माणका लागि प्रतिबद्धता जनाएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनार्दन कट्टेलले बताए।

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १२:५७
  • #Corona Virus
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
हिमपहिरोपछि बनेको ताल खुम्चिँदै, फुटेर आउने जोखिम घटेको चिनियाँ अधिकारीको निष्कर्ष शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तीव्रता दिन नेता आङ्देम्बेको आग्रह शनिबार, भदौ १३, २०८३
भोटेकोशी विपद्मा चीनको साथ : २० लाख डलरसहित सुरुङ उद्धारका लागि विज्ञका दुई टोली नेपाल आउँदै शनिबार, भदौ १३, २०८३
नेपाललाई सहयोग गर्न गृहमन्त्री शाहलाई भारतीय राष्ट्रिय कांग्रेसको पत्र शनिबार, भदौ १३, २०८३
बाढीले बगाएको सेफ फोडेर लाखौं चोरी गर्ने २९ जना पक्राउ शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्