पर्सा- वीरगञ्ज महानगरपालिको जारी मतगणनामा ५० हजार १ सय ४८ मत गन्दा संघीय समाजवादी फोरमका मेयर उम्मेदवार विजय सरावगी अग्रस्थानमा छ।
मेयरमा उनलाई पच्छ्याइरहेका कांग्रेस उम्मेदवार अजय द्वीवेदीभन्दा उनको २ सय १० मत बढी छ। उपमेयरमा भने कांग्रेस उम्मेदवार शान्ति कार्की करिब २ हजार मतले अगाडि छिन्।
वीरगञ्ज महानगरको मेयर र उपमेयरको पछिल्लो मत परिणाम यस्तो छः
संघीय समाजवादी फोरम- ११६८२ /१११३६
नेपाली कांग्रेस- ११४७२ / १३०५७
राजपा- ७६३०/६५९९
नेकपा एमाले- ५७६६ / ६८६४
माओवादी केन्द्र- ५१५६ / ३३७२
लोकतान्त्रिक फोरम- ४६२० / ३८०५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।