एजेन्सी- जहाँ पहिला अत्यधिक भीड हुने गर्थ्यो‚ त्यो ठाउँ सुनसान छ। स्कुल कलेजदेखि लामो दूरीका यात्रासम्ममा प्रतिबन्ध छ। धेरै भीड गर्न रोकिएको छ। दुनियाका हर कोही केही न केही रुपले प्रभावित छन्।
सबैको मनमा अहिले एउटामात्र प्रश्न उठिरहेको छ‚ कहिले सकिन्छ कोरोना त्रास? कहिले फर्किन पाइन्छ आफ्नो पहिलाको जस्तो आम जिन्दगीमा?
बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको दाबीअनुसार अब १२ हप्तापछि यसबाट छुटकारा पाइन्छ। तीन महिनाभित्रै कोरोना भाइरसको संक्रमणमा कमी नै आएपनि यसलाई हामीले जरैदेखि निर्मूल पार्न भने हामी अझै पनि टाढै रहनेछौं। यो निर्मूल हुनमा धेरै समय पनि लाग्न सक्छ।
सबै कुरामा प्रतिबन्ध गर्ने विषय पनि संभव हुने कुरा होइन। सामाजिक र आर्थिक नोक्सानी सबैभन्दा देशकै लागि विध्वंशकारी हो। विश्वका कयौं देशले ‘ֹएग्जिट् स्ट्राटेजी’ चहिरहेका छन् ताकी लगाएका सबै प्रतिबन्ध हटाइयोस् र सामान्य जीवनमा फर्कन सकियोस्।
अहिलेसम्म कोरोनाबाट छुटकारा पाउने तीनवटा मात्र तरिका छन्:
१) एन्टिभाइरल भ्याक्सिन‚
२) संक्रमणबाट बँच्नका लागि रोग प्रतिरोधात्मक क्षमताको विकास‚
३) हाम्रो समाज र व्यवहारलाई पुरै बदल्नु
यीमध्ये कुनै एकमात्र उपाय अपनाउनाले भाइरसको संक्रमणमा कमी आउँछ।
भ्याक्सिन आउन अझै कति समय लाग्ला?
एन्टि भाइरल भ्याक्सिनले शरीरको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न मद्दत गर्छ। कोरोना भाइरसविरुद्धको भ्याक्सिन एक महिलामा परीक्षण पनि गरियो। सो परीक्षणमा शोधकर्तालाई जनावरको सट्टा मानिसमै उक्त भ्याक्सिन परीक्षण गर्न सकिने भनी छुट दिइएको थियो।
कोरोना भाइरसको भ्याक्सिनका लागि अभूतपूर्व तरिकाबाट खोज भइरहेको छ। भ्याक्सिन पूर्ण रुपमा तयार हुन कम्तिमा पनि १२ देखि १८ महिना लाग्छ।
यस समय अस्पतालका शैय्या खाली नभएकाले र अस्पताललाई बढी बोझ नपरोस् भनी बेलायतले कोरोना संक्रमणलाई सकेसम्म कम गर्ने कोशिस गरिरहेको छ।
यो संक्रमण अझ बढ्दै गएमा झन् धेरै क्षेत्रमा कडा प्रतिबन्ध गर्नुपर्ने स्थिति आइपर्न सक्छ।
बेलायती एक मुख्य वैज्ञानिक सल्लाहकार सर पेट्रिक वेलेन्स भन्छन्‚ ‘सबै क्षेत्रमा पूर्ण रुपमा प्रतिबन्ध लगाउन सम्भव छैन।
एम्पेरियल कलेज लन्डनका प्रोफेसर निल फर्ग्युसन भन्छन्‚ ‘हामी अहिले संक्रमणलाई दबाउने विषयमा सोचिरहेका छौं। यदि यही क्रम २ वर्षसम्म जारी रहने हो भने विश्वको धेरै ठूलो हिस्सा संक्रमित हुन सक्ने अवस्था आउन सक्छ।’
के हुनसक्छ दोस्रो उपाय?
एडिनब्रा विश्वविद्यालयमा संक्रामक रोग महामारी विज्ञानका प्रोफेसर मार्क वुलहाउस भन्छन्‚ ‘हाम्रो लागि अर्को विकल्प भनेको व्यवहारको परिवर्तन नै हो‚ जसले संक्रमण कम हुन सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।