• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर ५, २०८२ Fri, Nov 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जसले फैलाए भ्रमको संक्रमण

64x64
नारायण अधिकारी आइतबार, चैत ९, २०७६  १६:०५
1140x725

काठमाडौं– कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन सबै सतर्क छन्। नयाँ जानकारी आउने बित्तिकै आँखा,कान चनाखो बनाउँछन्। तर, नयाँ जानकारीका नाममा भ्रम फैलाउन उद्यत छन्, केही व्यक्तिहरू। नेपालमा कोरोना भाइरसको संक्रमण हालसम्म पाइएको छैन तर मानवरूपी ‘कोरोना’ले फैलाएको भ्रम भाइरसको चपेटमा भने नेपालीहरु परिसके। 

कोरोना भाइरस मान्छेबाट मान्छेमा सरिरहेको छ भने भ्रम भाइरस सामाजिक सञ्जालमार्फत्। फेसबुक, ट्वीटर, म्यासेन्जर, टिकटक लगायतका सञ्जालमा कोरोना भाइरसबारे अफवाह फैलाएर आतंकित पार्नेहरु सक्रिय छन्। उनीहरुले अफवाह फैलाउँदा सर्वसाधरण आतंकित बनेका छन्।

अफवाह फैलाउनेमा सामान्य व्यक्तिदेखि डाक्टरसम्म छन्। उनीहरुले सत्यजसरी भ्रम फैलाएपछि विश्वमा तीव्र फैलिरहेको कोरोनाबाट आतंकित नेपालीको धड्कन झन् बढ्छ। नेपालीहरुमा अझै ‘मेडिकल लिटरेसी’ कमजोर छ। स्वास्थ्यका विषयमा जसले जे भने पनि पत्याउँछन्। त्यसैमाथि डा अघि लागेका व्यक्तिको मुखबाट निस्किएको हरेक बोली धेरै नेपालीका लागि ‘वाणी’ बराबर हुन्छ। वाणी अर्थात् झुट ठहर्ने विषयमा कल्पनासम्म गर्न सकिन्न।

यसलाई मध्यनजर नगरी डा सुन्दरमणि दीक्षितले अभिव्यक्ति दिए। काठमाडौंमा भएको एक कार्यक्रममा कोरोनाको परीक्षण गर्ने किट नेपालमा नभएको र परीक्षण नै नगरी नेगेटिभ देखाएको दाबी गरे। नेपालमा कोरोना नरहेको भनेर सरकारी निकायले झुट बोलेको उनको दाबी थियो। अर्थात् नेपालमा कोरोना छ तर जाँचपड्ताल अभावका कारण देखिएको छैन।

सरकारको तयारीमाथिको प्रश्न थियो सायद। तर, यो जनतालाई आतंकित बनाउने ‘प्रेस्क्रिप्सन’ जस्तो भयो। क्लिकमा डलर देखिरहेका युट्युबेहरुका लागि सनसनी फैलाउने मसला। चिकित्सकीय जिम्मेवारीमा समस्या उजागर मात्रै पर्दैन, समाधानको उपाय पनि हुन्छ। ‘इभिडेन्स’मा टेकेर मात्रै बोल्ने शिक्षा चिकित्सा विज्ञानले दिएको उनले बिर्सिदा यो अवस्था आयो।

कोरोना भाइरसको संक्रमणको त्रास जनतालाई आतंकित बनाउने ‘प्रेस्क्रिप्सन’ जस्तो भयो। क्लिकमा डलर देखिरहेका युट्युबेहरुका लागि सनसनी फैलाउने मसला।

उक्त अभिव्यक्तिबाट अफबाह फैलिएको भन्दै डा दिक्षितलाई कारबाही गर्नुपर्ने माग समेत भएको थियो। गत बिहीबार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले दीक्षितलाई कारबाही गर्नुपर्ने धारणा राखे। तर, उनीमाथि कुनै कारबाही भने भएको छैन।

जनतामाझ आतंक फैलाएर आफ्नो ‘गोजी अनलाइन’लाई ‘खोजी अनलाइन’ बनाउन लागिपरेका एकजना भने पक्राउ परेका छन्। यस्ता अन्य व्यक्तिमाथि पनि निगरानी बढाइएको नेपाल प्रहरीले जनाएको छ।

Ncell 2
Ncell 2

शुक्रबार राति १० बजेतिर रामेछापको खाँडादेवी गाउँपालिका घर भएका २० वर्षीय विवेक थापा मगरलाई आफ्नो फेसबुक पेजमा ‘लाइक’ बढाउने आत्मघाती जुक्ति फुर्‍यो। उनले एउटा अडियो रेकर्ड गरेर पोष्ट गरे। अडियोमार्फत् उनले भनेका थिए, ‘नर्भिक अस्पतालमा जाँच गरिएका ९ जना मध्ये ६ जनालाई कोरोना भाइरस भएको पुष्टि भएको छ। यो न्युज मिडियामा पनि आउँदैन। सरकारल नै लुकाएको छ।’

यो सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो। सामाजिक सञ्जालमार्फत फैलिएको यो भ्रम भाइरसबाट सर्वसाधारण आतंकित भए। उक्त अडियो म्यासेन्जरमार्फत धमाधम शेयर हुन थाल्यो। प्रहरीकहाँ यसबारे जानकारी पुगेपछि अफवाह फैलाउने विवेकलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको छ। शनिबार भक्तपुरबाट पक्राउ गरेको हो। 

उनीविरुद्ध दुईटा कसुरमा अनुसन्धान सुरु गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए। अदालत बन्द भए पनि म्याद थपका लागि डेस्क खुला रहनेछ। म्याद थप गरेर उनीमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार सार्वजनिक शान्ति विरुद्धको कसुरमा कारबाही गर्न अनुसन्धान सुरु गरिएको छ। अर्को विद्युतीय कारोबार ऐन २०६३को कसुरमा समेत उनलाई कारबाही हुने भएको छ। 

सार्वजनिक शान्ति विरुद्धको कसुरमा झुटा अफवाह फैलाउन नहुने कुरा उल्लेख छ। जस अन्तर्गत १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ। विद्युतीय कारोबार ऐन अनुसार भने एकलाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ। 

यस्तै शनिबार नै अर्को अफवाह फैलियो। भनिएको थियो, ‘राति परेपछि घर बाहिर ननिस्कनु होला। नेपाली सेनाले हेलिकप्टरमार्फत् कोरोनाको औषधि छरिरहेको छ।’

महिलाको अवाज भएको उक्त अडियोमा घर बाहिर ननिस्कन ‘सादर अनुरोध’ गरिएको छ। विनम्र आवाजमा सुनिन्छ, ‘कपडा सुकाएको भए उठाउनु होला। नभए कोरोनाको विषादी लाग्न सक्छ।’ 

आवाज सुन्दा कसैले सामाजिक उत्तरदायित्व निर्वाह गर्न जोकोही बाध्य हुन्छ। तर, त्यो कुनै सुमधुर स्वरकी धनीको कर्कस हर्कत थियो। शनिबार यो पनि सामाजिक सञ्जालमा अत्याधिक फैलियो। यसबारे नेपाली सेनाले स्पष्टीकरण नै दिनुपर्‍यो। सेनाले विज्ञप्ति निकाल्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनायो। औषधी छर्कने कुनै योजना नभएको र हल्लाको पछि नलाग्न सेनाको आग्रह थियो।

‘हेलिकप्टरबाट किटनाशक औषधि छर्ने नेपाली सेनाको कुनै योजना नभएको जानकारी गराइन्छ। तसर्थ हालको संवेदनशील घडीमा यस प्रकारको भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गहरुमा हार्दिक अनुरोध गर्दछ,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

संसार आक्रान्त पारेको कोरोना नेपालमा छैन भन्नेमा धेरै नेपालीले बलपूर्वक विश्वास गरिरहेका छन्। त्यस्तो बेला यस्तो सत्य जस्तो लाग्नेगरी भिडियो आएपछि धेरै नेपालीका हातगोडा काँप्न थाले। तर, त्यो भ्रमपूर्ण सामाग्री थियो।

टिकटक अहिले धेरैको मन बहलाउने माध्यम हो। यो मन बहलाउने माध्यममा कोरोना भाइरसबारे भ्रम फैलाएर एक युवालाई ‘बहुलाउन’ मन लाग्यो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोनाका कारण मान्छेको मृत्यु भएको भन्दै अफवाह फैलाइएको थियो। टिकटकमा भाइरल उनको भिडियामा भनिएको थियो, ‘म टेकु अस्पतालमा कुकुरले टोकेको उपचार गर्न गएको थिएँ। त्यहाँ कारोना भाइरसका कारण मृत्यु भएका ५ जनाकोशब देखें। सोधखोज गर्दा त्यहाँ स्टाफले हप्काए। आदिइत्यादि।’

संसार आक्रान्त पारेको कोरोना नेपालमा छैन भन्नेमा धेरै नेपालीले बलपूर्वक विश्वास गरिरहेका छन्। त्यस्तो बेला यस्तो सत्य जस्तो लाग्नेगरी भिडियो आएपछि धेरै नेपालीका हातगोडा काँप्न थाले। तर, त्यो भ्रमपूर्ण सामाग्री थियो। उक्त अफवाह फैलाउने व्यक्ति अमेरिका बस्दै आएका नयनराज पाण्डे थिए।

उक्त अफवाह पछि उनको सोधखोज भयो। उनलाई चिन्नेले गाली गरे। सामाजिक सञ्जालमा पनि उनी विरुद्ध धेरैले स्ट्याटस लेखे। प्रहरीले समेत सोधखोज थाल्यो र कारबाही प्रक्रिया अघि बढाउने पर्यत्नमा लाग्यो। त्यसपछि पाण्डेले भने माफी मागेका छन्। उनले आफूबाट गल्ती भएको र आम नागरिक त्रसित हुन गएको भन्दै फेसबुकमा लामो स्ट्याटस लेखेर माफी मागेका छन्। अहिले उनले त्यो भिडियो समेत डिलेट गरेका छन्। अन्जानमा उक्त गल्ती भएको उनको भनाइ छ। 

यी पछिल्ला उदाहरण हुन्। कोरोनाको आशंकमा नमूना परीक्षणका लागि पठाएकै विषयलाई लिएर अफवाह फैलाउनेहरु पनि छन्। अस्पतालले ढाँटेर उपचार नगरेको बताउनेहरु पनि टोलछिमेकमा भेटिन्छन् र नेपाल सरकारले ढाँटेको भन्दै हिँड्ने त कति–कति? 

कोरोनासँग लक्षण मिल्दोजुल्दो भएका बिरामीको नमूना झिकेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइन्छ। त्यहाँ हालसम्म ६ सय १२ बिरामीको नमूना पठाइएको छ। कुनै पनि बिरामीमा कोरोना देखिएको छैन। त्यसैले नेपालमा कोरोना देखिएका भनेर आइरहेका आइतबार दिउसो ३ बजेसम्मका सवै सूचना भ्रम हुन्। यस्तो भ्रमको संक्रमण गराउन लागिपरेका मानवरुपी कोरोना विरुद्ध आफ्नो ठाउँबाट डटौं। सतर्क रहौं तर आतंकित नबनौं।

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १६:०५
  • #coronaupdate
  • #कोरोना_अफवाह

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सरकारको विरोधमा अनेरास्ववियुले निकाल्यो मसाल जुलुस, तस्बिरहरू बिहीबार, मंसिर ४, २०८२
बन्चरेडाँडा ल्यान्डफिल साइटकाे अवरोध हट्याे, जुट्यो सहमति बिहीबार, मंसिर ४, २०८२
निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस बिहीबार, मंसिर ४, २०८२
बोपराको अर्धशतकमा चितवनद्वारा लुम्बिनीलाई १४३ रनको लक्ष्य बिहीबार, मंसिर ४, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित) बुधबार, मंसिर ३, २०८२
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन बुधबार, मंसिर ३, २०८२
मधेसका सभामुख पदमुक्त बुधबार, मंसिर ३, २०८२
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्