काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट भएको छ। आइतबार बिहान ११ बजेतिरको समयमा उनीहरूबीच भेटघाट भएको राष्ट्रपतिका स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच शितल निवासमा पहिलोपटक भेटघाट भएको हो।
'वहाँहरूको भेटघाट नियमित हो। कुनै खास विषयमा छलफल भएको होइन,' राष्ट्रपति भण्डारीका स्वकीय सचिव अधिकारीले नेपाल लाइभसँग भने, 'समसामियक विषयमा वहाँहरूबीच करिब १ घन्टा राष्ट्रपति निवासमा छलफल भयो।'
प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक पनि आइतबारकै लागि बोलाएका छन्। मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटघाट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।