काठमाडौं– शनिबार राति ८ बजेर ४० मिनेटमा सिंगारपुरबाट आएकाे सिल्क एयर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्याे। जहाज अवतरणका लागि विमानस्थल टावरले नेपाल सरकारको निर्णयविपरित यात्रु बोकेर आएको भन्दै भारतको आकासमै हुँदा जहाज डाइर्भट गर्न भनेको थियो।
तर, पाइलटले जहाज डाइर्भट गरेर पुनः सिंगापुर जान इन्धन अभाव हुने जानकारी गराए। इन्धन अभाव हुने र जोन गन्तव्यमा नपुग्ने पाइलटको जानकारीपछि टावरले विमानलाई ल्यान्ड गर्न अनुमति दियो। जहाज ल्यान्डको अनुमति दिँदै टावरले इन्धन लोड गरेर यात्रु नझारी फर्कनुपर्ने सर्त अगाडि सारेको थियो।
टावरको सर्तलाई पाइलटले सहजै स्वीकार गरे। पाइलटको स्वीकारपछि टावरले पनि अवतरणको लागि समय दियो। तर, मात्रै इन्धन लोड गर्न।
त्यसपछि पाइलटले उक्त विषय आफ्नो एयरलाइन्सलाई पनि जानकारी गराए। एयरलाइन्सका कर्मचारीले पनि नेपालबाट सोही जहाजमा सिंगापुर जाने तयारी अवस्थामा रहेका १ सय ६५ जना यात्रुलाई घर फर्काउने तथा होटेलमा राख्ने काम थाल्यो।
जहाजलाई पार्किङ वेमा लगेपछि इन्धन लोड गर्ने काम भयो। इन्धन लोडको काम पूरा गरेर पाइलटले जहाज पुनः सिंगापुर नै सबै यात्रुलाई लिएर उडान गर्ने तयारी गरे। जहाजलाई पुस गरेर पार्किङ वेबाट रन–वेतर्फ लैजान ट्याक्सी वेमा निकालियाे। तर, एक्कसी विमानमा रहेको ९८ जना यात्रुले होहल्ला गरे। यात्रुको हाेहल्लापछि पाइलटले फेरि टावरलाई यात्रुको होहल्लाकाे कारण उडान गर्न नसक्ने जानकारी गराए।
टावरले त्यसपछि तत्काल नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, अध्यागमनका उच्चपदस्थ कर्मचारी, नेपाल प्रहरीलगायत सरोकारवाला सबैलाई खवर भयाे।
सबै कर्मचारी विमानस्थलमा पुगे। बैठक सुरु भयो। सबैभन्दा पहिलो जहाजमा रहेको यात्रु कुन-कुन देशको भनेर एकीन गर्ने काम भयो।
जहाजमा युरोप र अमेरिकाबाट आएका नागरिक पनि रहेको भन्ने जानकारी अनुसार सबैको विवरण हेरियो। सबै नागरिक नेपाली नै रहेको पुष्टि भयो। एकजना अष्ट्रेलियाबाट आएका यात्रु पनि नेपाली मुलुकै रहेको पुष्टि भयो। तर, उक्त व्यक्ति नेदरल्यान्ड हुँदै नेपाल आएका रहेछन्।
अर्का एकजना भने मलेसियाबाट आएका रहेछन्। तर, उनी पनि नेपाली नै थिए। जुन देशबाट नेपाल आउन प्रतिबन्ध लगाइएको थियो।
यसैगरी, दुईजना नागरिक भने जापानबाट सिंगापुर हुँदै नेपाल आएका रहेछन्। जापानबाट पनि नेपाल आउन प्रतिबन्ध लगाइएको थियो। यसरी आएमा तीन जनालाई खरिपाटी क्वारेन्टाइन पठाउने र अन्य ९५ जनालाई सेल्फ क्वारेन्टाइनमा बस्ने सहमतिमा विमानबाट यात्रु झारियो। यात्रु झार्दा ११ बजेर ३५ मिनेट गई सकेकाे थियो। यात्रु झारेपछि जहाजलाई भने उडान अनुमति भएन। उक्त जहाज आज सिंगापुर जाँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।