काठमाडौं- कोरोना भाइरसको संक्रमण हुने जोखिम रहेको भन्दै पछिल्लो समय उपत्यका बाहिरिने यात्रुको चाप बढेको छ। यो सातामा प्रत्येक दिन सरदर हिसाब गर्दा करिब एक लाख यात्रु बाहिरएको ट्राफिक प्रहरी महाशाखाले बताएको छ।
शनिबार दिउँसो ३ बजेसम्मको तथ्यांक अनुसार शनिबार मात्र १ लाख ३१ हजार बाहिरिएका छन्। यसैगरी, ७ गते १ लाख ३० हजार ८ सय २२ यात्रु बाहिरिए।
यसभन्दा अघि बाहिरिएका यात्रुको विवरण यस्तो छ।
६ गते- १ लाख ८ हजार ४ सय ५८
५ गते- ९५ हजार २ सय ४७
४ गते- ९१ हजार ८ सय १६
३ गते- ८८ हजार २ सय १
२ गते – ८६ हजार २ सय २७
१ गते- ७१ हजार ५ सय ५६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।