काठमाडौं- सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरे पनि उल्लंघन गरिएको भन्दै संसदीय समितिमा विवाद भएको छ। बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित सांसदहरुले विरोध जनाएका हुन्।
बैठकमा 'संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक' माथि छलफल गर्ने कार्यसूची थियो। विधेयकमा संशोधन प्रस्ताव राखेका केही सांसदले बोलिसकेका थिए।
त्यसपछि, कांग्रेसका दिलेन्द्र प्रसाद बडुले सरकारले सूचना जारी गरेपछि उसलाई सघाउनु सबैको कर्तव्य हुने बताएका थिए।
'अवज्ञा गरेर हामीले के ठीक गरिरहेका छौं?', बडुले भने, 'यो काम ठीक भइरहेको छैन। २५ जनाभन्दा बढि नबस्ने भनेको मिटिङमा पनि नबस्ने भनिएको हो। कुनै पनि मिटिङ हुनसक्दैन। आज हामीले एक राउन्ड छलफल गर्छौं। तर आजै त विधेयक त टुंगिदैन। कहिलेसम्म हामी अवज्ञा गर्छौं त? कहिलेसम्म चलाउँछौं? यसलाई रोक्नुपर्छ।'
उनले अनुरोध गरेपछि समिति सभापति शशी श्रेष्ठले बैठक स्थगित गरेकी छिन्।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।