• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
एसइई परीक्षा नरोक्ने अडानबाट कसरी 'यू-टर्न' भए शिक्षामन्त्री?
64x64
प्रजु पन्त बुधबार, चैत ५, २०७६  २१:०७
1140x725

काठमाडौं- कोरोना भाइरसको बढ्दो संक्रमणसँगै विद्यालय बन्द गरेर एसइई परीक्षासमेत पछि सार्न अभिभावकहरूले आग्रह गरिरहेका थिए। तर अभिभावकहरूको गरिरहेको आग्रहमा अटेर गर्दै सरकार जसरी पनि परीक्षा गराई छाड्ने तयारीमा लाग्यो।

तर कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरिरहेको निर्णय अनि एसइई परीक्षा सञ्चालने गर्ने अडानबीच तालमेल मिलिरहेको थिएन। बिहीबारबाट हुने एसइईको परीक्षामा देशभरका ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदै थिए। सरकारले बारम्बार एकै ठाउँमा धेरै जना भेला नहुन आग्रह गरिरहेको थियो। तर शिक्षामन्त्री एसइई परीक्षा गराइछाड्ने मुडमै थिए।

मंगलबार (हिजो) मात्रै पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अपिल जारी गरेरै एसइई परीक्षा सञ्चालन हुने तर संक्रमण रोक्न आवश्यक तयारी गर्ने दाबी गरेका थिए। उनको अपिल धेरैले रुचाएका थिएनन्।

०००

एसइईका लागि १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएका थिए। कोरोना संक्रमणको जोखिम कम गर्न मन्त्रालयले परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्नुपर्ने, मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, परीक्षार्थीहरूबीचको दुरी कम्तीमा १ मिटर हुनुपर्ने, प्रत्येक स्कुलले आइसोलेसन कक्ष बनाउनुपर्ने लगायतका मापदण्ड तोकेको थियो। मन्त्रालयले तोकेअनुसार परीक्षा केन्द्रमा तयारी भयो त?

बुधबार नेपाल लाइभले केही परीक्षा केन्द्रको अनुगमन गर्दा सरकारले तोकेअनुसारको तयारी देखिएन। पद्मोदय माध्यमिक विद्यालय पुग्दा त्यहाँ कोरोना संक्रमण रोक्ने तयारी देखिएन। जिज्ञासा राख्दा विद्यालयका सहायक प्रधानाध्यापक नारायणप्रसाद गौतमले नियमित परीक्षा केन्द्रझैं तयारी गरिएको तर कोरोनाको संभावित जोखिम न्यूनीकरणका लागि थप तयारी नभएको बताएका थिए। कारण थियो, सरकारले तोकेको मापदण्ड अनुसारको सामग्री आएकै थिएन।

‘शिक्षा विकास तथा समन्वय समिति (साविकको जिल्ला शिक्षा कार्यलय)ले आइसोलेसन कक्षको व्यवस्था गर्न भनेको थियो,’ उनले भने, ‘कोठा त छुट्टाएका छौँ। तर स्वास्थ्यकर्मी, ज्वरो नाप्ने यन्त्र, औषधिको नाममा सिटामोल पनि आएको छैन।’ पद्मोदय माध्यमिक विद्यालयमा ३ सय ९७ जना परीक्षार्थीले परीक्षा दिन लागेको गौतमले जानकारी दिए। 

‘एउटा कक्षामा २८ जनासम्म रहने गरी सिट प्लानिङ गरेका छौँ,’ गौतमले भने, ‘यति मिटर उति मिटर राख भन्नु गलत हो। त्यसको लागि सरकारले पहिले नै फर्निचरको व्यवस्था गर्नुर्पथ्यो। परीक्षा हुने दुई दिन अघि मापदण्ड बनाएर विद्यालयले लागु गर्न सक्दैन। व्यवहारिकता त बुझ्नुपर्‍यो नि।’ उनले यसबारे बुधबार दिउँसोसम्म कसैले समन्वयसमेत नगरेको बताएका थिए।

अर्को परीक्षा केन्द्र पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालय पुग्दा पनि अवस्था त्यस्तै थियो। विद्यालयका लेखा अधिकृत मुरारीराज शर्माले निरीक्षक नै भयभित भएको बताएका थिए। 

‘हिजोमात्रै को निरीक्षक बन्ने भन्ने विषयमा बैठक भएको थियो। तर पहिले जस्तो निरीक्षक बन्न धेरैको शिक्षकहरूले रुचि देखाउनु भएन,' शर्माले भने, 'धेरैले उपत्यकाबाहिर जानुछ भन्नुभयो। सकेसम्म निरीक्षक नबनाइदिन आग्रह गर्नुभयो।’ विद्यार्थी भन्दा पनि बढी शिक्षक डराएको शर्माले बताएका थिए। 

तेस्रो परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्माले सरकारले तोकेको मापदण्ड अनुसारका सबै व्यवस्था गर्न नसिकने भएपनि उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरेर सर्तकता अपनाइने तयारी रहेको बताएका थिए। 

०००

परीक्षा केन्द्र घुम्दा कोरोना भाइरसविरुद्ध सजग हुन गरिएको निर्णयअनुसारको तयारी नभएको र बिहीबार परीक्षा शुरु हुने समयसम्म सम्भव देखिएको थिएन। तर सरकार भने कुनै हालतमा परीक्षा चलाउने मुडमा थियो। परीक्षा सार्दा त्यस्तो केही आपत पर्ने कारणसमेत खुलाउन सकेको थिएन। सरकारको तर्क शैक्षिक क्यालेन्डर बिग्रन्छ भन्ने मात्र थियो।

सामाजिक सञ्जालमा भने परीक्षा सारेर विद्यार्थीहरुलाई जोमिखबाट जोगाउन सरकारलाई आग्रह आइरहेको थियो। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समेत परीक्षा सारेर विद्यालय बन्द गर्न आग्रह गरेका थिए। उनले ट्विटमार्फत् प्रश्न गरेका थिए, ‘छोराछोरीको जीवन प्रमुख कि परीक्षा? परीक्षा केही हप्ता सार्दा कुन आकाश खस्छ?’

सामाजिक सञ्जालमा अन्य अभिभावकहरूले पनि विद्यालय बन्द गर्न आग्रह गरिरहेका नै थिए। तर सरकार सुनेको नसुन्यै गरिरहेको थियो।

०००

बुधबार पाँच बजेतिर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण १५ निर्णय गर्‍यो। जसमा विद्यालय बन्द गर्नेलगायतका निर्णय पनि थिए।

तर एसइई परीक्षा भने जारी नै राख्ने उल्लेख थियो निर्णयमा। निर्णयको १२ बुँदामा बाल विकास केन्द्र, आधारभूत तथा माध्यामिक विद्यालय र विश्वविद्यालयका पठनपाठन चैत मसान्तसम्म बन्द गरिने उल्लेख थियो। तर एसइई परीक्षा भने जारी नै राखिने उल्लेख थियो। 

निर्णयबारे अभिभावकले चित्त बुझाएनन्। सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला नहुनू, क्लब, सिनेमा घरलगायतका स्थान बन्द गर्नू भन्ने सरकारले केका आधारमा एसइई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो कारण खुलेको थिएन त्यसमा पनि। २५ जना भेला हुँदा असर पर्ने, ३ सयसम्म विद्यार्थी एकै ठाउँमा बसेर दिने परीक्षा कसरी जोखिममुक्त?

सरकारको निर्णय आफैंमा बाझिएको थियो। एसइई परीक्षा पनि रद्द गर्न सामाजिक सञ्जालमा आग्रह हुँदाहुँदै ६ बजेतिर ब्रेकिङका रुपमा सरकारले एसइई परीक्षा रद्द गरेको सूचना आयो। शिक्षामन्त्री पोखरेलले नेपाल लाईभलाई सो निर्णयको पुष्टि पनि गरे। 

निर्णय सकारात्मक थियो। तर यत्रो लामो समयदेखि भइरहेको आग्रह सुनेको नसुन्यै गरेका शिक्षामन्त्री उच्चस्तरीय समितिले गरेको निर्णय विपरीत एकै घन्टामा एसइई परीक्षा रद्द गर्न राजी हुनुको कारण एकाएक उनको मनमा एसइई परीक्षा दिने तयारी अवस्थामा रहेका विद्यार्थी र परीक्षा केन्द्रमा खटिने कर्मचारीको स्वास्थ्यमा पर्नसक्ने जोमिखप्रतिको सजगता कारण थिएन।

कसरी भए शिक्षामन्त्री यू-टर्न?
बुधबार नै सत्ताधारी दल नेकपाको सचिवालय बैठक बसिरहेको थियो। आन्तरिक राजनीतिक किचलो मिलाउन बसेको बैठक पनि कोरोना संक्रमण रोकथाममा केन्द्रित भयो।

बैठकमा उच्चस्तरीय तयारी समितिका संयोजक ईश्वर पोखरेलले समितिले बुधबारै गरेका निर्णयबारे अवगत गराउँदा बैठकमा सहभागी खुसी नै भएका थिए। तर एसइई परीक्षा जारी नै राख्ने निर्णयप्रति धेरैले चित्त बुझाएनन्।

बैठक स्रोतका अनुसार सबै बन्द गर्ने हो भने परीक्षा मात्र चलाउन आवश्यक नभएको, भोलिका दिनमा कथम् कदाचित् कुनै भवितव्य भए त्यसको सबै दोष सरकारमा आउने भन्दै परीक्षा स्थगित गर्न सुझाव दिए।

सचिवालय बैठकले नै सुझाव दिएपछि शिक्षामन्त्री पोखरेलले काट्न सकेनन्। परीक्षा स्थगित गर्ने निष्कर्ष सुनाए। सूचना बाहिरिँदा मन्त्रालयले औपचारिक निर्णय गरिसकेको थिएन। उनले भने,‘एसइई परीक्षा स्थगित भयो।'

त्यसको एक घन्टापछि परिक्षा स्थगित भएको संशोधित विज्ञप्ति आयो।

निर्णयसँगै बिहीबार ४ लाख ८२ हजार विद्यार्थी मनमा कोरोनाको त्रास बोकेर परीक्षा केन्द्र जानबाट मुक्त त भए तर विद्यार्थी र अभिभावकले सबै तयारी पूरा गरेपछि अन्तिम अवस्थामा मात्र निर्णय हुँदा त्यसको जस शिक्षामन्त्रीले पाउने छैनन्।

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  २१:०७
  • ##coronna
  • ##seeexam
  • ##nepaleducation

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्