• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

एसइई परीक्षा नरोक्ने अडानबाट कसरी 'यू-टर्न' भए शिक्षामन्त्री?

64x64
प्रजु पन्त बुधबार, चैत ५, २०७६  २१:०७
1140x725

काठमाडौं- कोरोना भाइरसको बढ्दो संक्रमणसँगै विद्यालय बन्द गरेर एसइई परीक्षासमेत पछि सार्न अभिभावकहरूले आग्रह गरिरहेका थिए। तर अभिभावकहरूको गरिरहेको आग्रहमा अटेर गर्दै सरकार जसरी पनि परीक्षा गराई छाड्ने तयारीमा लाग्यो।

तर कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरिरहेको निर्णय अनि एसइई परीक्षा सञ्चालने गर्ने अडानबीच तालमेल मिलिरहेको थिएन। बिहीबारबाट हुने एसइईको परीक्षामा देशभरका ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदै थिए। सरकारले बारम्बार एकै ठाउँमा धेरै जना भेला नहुन आग्रह गरिरहेको थियो। तर शिक्षामन्त्री एसइई परीक्षा गराइछाड्ने मुडमै थिए।

मंगलबार (हिजो) मात्रै पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अपिल जारी गरेरै एसइई परीक्षा सञ्चालन हुने तर संक्रमण रोक्न आवश्यक तयारी गर्ने दाबी गरेका थिए। उनको अपिल धेरैले रुचाएका थिएनन्।

०००

एसइईका लागि १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएका थिए। कोरोना संक्रमणको जोखिम कम गर्न मन्त्रालयले परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्नुपर्ने, मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, परीक्षार्थीहरूबीचको दुरी कम्तीमा १ मिटर हुनुपर्ने, प्रत्येक स्कुलले आइसोलेसन कक्ष बनाउनुपर्ने लगायतका मापदण्ड तोकेको थियो। मन्त्रालयले तोकेअनुसार परीक्षा केन्द्रमा तयारी भयो त?

बुधबार नेपाल लाइभले केही परीक्षा केन्द्रको अनुगमन गर्दा सरकारले तोकेअनुसारको तयारी देखिएन। पद्मोदय माध्यमिक विद्यालय पुग्दा त्यहाँ कोरोना संक्रमण रोक्ने तयारी देखिएन। जिज्ञासा राख्दा विद्यालयका सहायक प्रधानाध्यापक नारायणप्रसाद गौतमले नियमित परीक्षा केन्द्रझैं तयारी गरिएको तर कोरोनाको संभावित जोखिम न्यूनीकरणका लागि थप तयारी नभएको बताएका थिए। कारण थियो, सरकारले तोकेको मापदण्ड अनुसारको सामग्री आएकै थिएन।

‘शिक्षा विकास तथा समन्वय समिति (साविकको जिल्ला शिक्षा कार्यलय)ले आइसोलेसन कक्षको व्यवस्था गर्न भनेको थियो,’ उनले भने, ‘कोठा त छुट्टाएका छौँ। तर स्वास्थ्यकर्मी, ज्वरो नाप्ने यन्त्र, औषधिको नाममा सिटामोल पनि आएको छैन।’ पद्मोदय माध्यमिक विद्यालयमा ३ सय ९७ जना परीक्षार्थीले परीक्षा दिन लागेको गौतमले जानकारी दिए। 

‘एउटा कक्षामा २८ जनासम्म रहने गरी सिट प्लानिङ गरेका छौँ,’ गौतमले भने, ‘यति मिटर उति मिटर राख भन्नु गलत हो। त्यसको लागि सरकारले पहिले नै फर्निचरको व्यवस्था गर्नुर्पथ्यो। परीक्षा हुने दुई दिन अघि मापदण्ड बनाएर विद्यालयले लागु गर्न सक्दैन। व्यवहारिकता त बुझ्नुपर्‍यो नि।’ उनले यसबारे बुधबार दिउँसोसम्म कसैले समन्वयसमेत नगरेको बताएका थिए।

nimb
nimb

अर्को परीक्षा केन्द्र पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालय पुग्दा पनि अवस्था त्यस्तै थियो। विद्यालयका लेखा अधिकृत मुरारीराज शर्माले निरीक्षक नै भयभित भएको बताएका थिए। 

‘हिजोमात्रै को निरीक्षक बन्ने भन्ने विषयमा बैठक भएको थियो। तर पहिले जस्तो निरीक्षक बन्न धेरैको शिक्षकहरूले रुचि देखाउनु भएन,' शर्माले भने, 'धेरैले उपत्यकाबाहिर जानुछ भन्नुभयो। सकेसम्म निरीक्षक नबनाइदिन आग्रह गर्नुभयो।’ विद्यार्थी भन्दा पनि बढी शिक्षक डराएको शर्माले बताएका थिए। 

तेस्रो परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्माले सरकारले तोकेको मापदण्ड अनुसारका सबै व्यवस्था गर्न नसिकने भएपनि उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरेर सर्तकता अपनाइने तयारी रहेको बताएका थिए। 

०००

परीक्षा केन्द्र घुम्दा कोरोना भाइरसविरुद्ध सजग हुन गरिएको निर्णयअनुसारको तयारी नभएको र बिहीबार परीक्षा शुरु हुने समयसम्म सम्भव देखिएको थिएन। तर सरकार भने कुनै हालतमा परीक्षा चलाउने मुडमा थियो। परीक्षा सार्दा त्यस्तो केही आपत पर्ने कारणसमेत खुलाउन सकेको थिएन। सरकारको तर्क शैक्षिक क्यालेन्डर बिग्रन्छ भन्ने मात्र थियो।

सामाजिक सञ्जालमा भने परीक्षा सारेर विद्यार्थीहरुलाई जोमिखबाट जोगाउन सरकारलाई आग्रह आइरहेको थियो। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समेत परीक्षा सारेर विद्यालय बन्द गर्न आग्रह गरेका थिए। उनले ट्विटमार्फत् प्रश्न गरेका थिए, ‘छोराछोरीको जीवन प्रमुख कि परीक्षा? परीक्षा केही हप्ता सार्दा कुन आकाश खस्छ?’

सामाजिक सञ्जालमा अन्य अभिभावकहरूले पनि विद्यालय बन्द गर्न आग्रह गरिरहेका नै थिए। तर सरकार सुनेको नसुन्यै गरिरहेको थियो।

०००

बुधबार पाँच बजेतिर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण १५ निर्णय गर्‍यो। जसमा विद्यालय बन्द गर्नेलगायतका निर्णय पनि थिए।

तर एसइई परीक्षा भने जारी नै राख्ने उल्लेख थियो निर्णयमा। निर्णयको १२ बुँदामा बाल विकास केन्द्र, आधारभूत तथा माध्यामिक विद्यालय र विश्वविद्यालयका पठनपाठन चैत मसान्तसम्म बन्द गरिने उल्लेख थियो। तर एसइई परीक्षा भने जारी नै राखिने उल्लेख थियो। 

निर्णयबारे अभिभावकले चित्त बुझाएनन्। सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला नहुनू, क्लब, सिनेमा घरलगायतका स्थान बन्द गर्नू भन्ने सरकारले केका आधारमा एसइई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो कारण खुलेको थिएन त्यसमा पनि। २५ जना भेला हुँदा असर पर्ने, ३ सयसम्म विद्यार्थी एकै ठाउँमा बसेर दिने परीक्षा कसरी जोखिममुक्त?

सरकारको निर्णय आफैंमा बाझिएको थियो। एसइई परीक्षा पनि रद्द गर्न सामाजिक सञ्जालमा आग्रह हुँदाहुँदै ६ बजेतिर ब्रेकिङका रुपमा सरकारले एसइई परीक्षा रद्द गरेको सूचना आयो। शिक्षामन्त्री पोखरेलले नेपाल लाईभलाई सो निर्णयको पुष्टि पनि गरे। 

निर्णय सकारात्मक थियो। तर यत्रो लामो समयदेखि भइरहेको आग्रह सुनेको नसुन्यै गरेका शिक्षामन्त्री उच्चस्तरीय समितिले गरेको निर्णय विपरीत एकै घन्टामा एसइई परीक्षा रद्द गर्न राजी हुनुको कारण एकाएक उनको मनमा एसइई परीक्षा दिने तयारी अवस्थामा रहेका विद्यार्थी र परीक्षा केन्द्रमा खटिने कर्मचारीको स्वास्थ्यमा पर्नसक्ने जोमिखप्रतिको सजगता कारण थिएन।

कसरी भए शिक्षामन्त्री यू-टर्न?
बुधबार नै सत्ताधारी दल नेकपाको सचिवालय बैठक बसिरहेको थियो। आन्तरिक राजनीतिक किचलो मिलाउन बसेको बैठक पनि कोरोना संक्रमण रोकथाममा केन्द्रित भयो।

बैठकमा उच्चस्तरीय तयारी समितिका संयोजक ईश्वर पोखरेलले समितिले बुधबारै गरेका निर्णयबारे अवगत गराउँदा बैठकमा सहभागी खुसी नै भएका थिए। तर एसइई परीक्षा जारी नै राख्ने निर्णयप्रति धेरैले चित्त बुझाएनन्।

बैठक स्रोतका अनुसार सबै बन्द गर्ने हो भने परीक्षा मात्र चलाउन आवश्यक नभएको, भोलिका दिनमा कथम् कदाचित् कुनै भवितव्य भए त्यसको सबै दोष सरकारमा आउने भन्दै परीक्षा स्थगित गर्न सुझाव दिए।

सचिवालय बैठकले नै सुझाव दिएपछि शिक्षामन्त्री पोखरेलले काट्न सकेनन्। परीक्षा स्थगित गर्ने निष्कर्ष सुनाए। सूचना बाहिरिँदा मन्त्रालयले औपचारिक निर्णय गरिसकेको थिएन। उनले भने,‘एसइई परीक्षा स्थगित भयो।'

त्यसको एक घन्टापछि परिक्षा स्थगित भएको संशोधित विज्ञप्ति आयो।

निर्णयसँगै बिहीबार ४ लाख ८२ हजार विद्यार्थी मनमा कोरोनाको त्रास बोकेर परीक्षा केन्द्र जानबाट मुक्त त भए तर विद्यार्थी र अभिभावकले सबै तयारी पूरा गरेपछि अन्तिम अवस्थामा मात्र निर्णय हुँदा त्यसको जस शिक्षामन्त्रीले पाउने छैनन्।

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  २१:०७
  • ##coronna
  • ##seeexam
  • ##nepaleducation

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्