काठमाडौं- दुई दशकदेखि कविता लेखनमा सक्रिय कवि विश्व सिग्देलको पहिलो कवितासंग्रह ‘तालीको समाजशास्त्र’ बजारमा आएको छ। काभ्रेपलाञ्चोकका कवि सिग्देलको यसअघि अंग्रेजी संयुक्त कथासंग्रह ‘अब्सेसन’ प्रकाशित थियो।
उनी उन्मुक्त पुस्ता, पोस्टर कविता अभियानलगायत काव्यिक आन्दोलनसँग पनि जोडिएका थिए। संग्रहमा प्रेम, स्मृति र समसामयिक विषयमाथि केन्द्रित ४५ थान कविता समेटिएको छ। ‘अकाल–कुसुम’ले प्रकाशन गरेको संग्रहको मूल्य १ सय ५० रुपैयाँ रहेको छ।
सरकारले कोरोना भाइसका कारण सार्वजनिक कार्यक्रम नगर्न भनेकाले संग्रह लोकार्पण कार्यक्रम स्थगित गरिएको कवि सिग्देलले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।