काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सम्भव भएसम्म सबै देशबाट आउने नागरिकको आवागमनलाई प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्।
कोरोना भाइसरको जोखिमबाट बच्नका लागि तत्काल चाल्नुपर्ने कदमहरु सरकारलाई सुझाउँदै पूर्वमन्त्री थापाले विदेशबाट आउनेहरुलाई रोक्न नसकिए स्वतः क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्ने सुझाव दिएका छन्।
भारतसँगका नाकाहरुमा अत्यावश्यक बाहेकका अन्यलाई ‘सट डाउन’ गर्न सुझाएका छन्। नाकाहरुमा दक्ष चिकित्सकबाट परीक्षणको व्यवस्था गर्न समेत आग्रह गरेका छन्।
आकस्मिक मेडिकल टिम, स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न व्यक्तिगत सुरक्षा सामाग्री, न्युनतम संख्यामा आइसोलेसन बेडको व्यवस्था गर्न सुझाव दिएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई कोरोना भाइरस उपचार गर्नेगरी जनशक्ति र पूर्वाधारको व्यवस्था गर्न सुझाव दिएका छन्।
र्यापिड रेसपोन्स टिमलाई तयारी अवस्थामा राख्नुपर्ने नेता थापाको सुझाव छ। आर्थिक संकटबाट उत्पन्न हुने संकट हटाउन छुट्टै आकस्मिक कोष खडा गर्न माग गरेका छन्। सरकारलाई नेता थापाले दिएको सुझावको पूर्ण भाग:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।