काठमाडौं– सिरहामा माओवादीले ६ वटा स्थानीय तह जितको छ। जिल्लाका १७ स्थानीय तहमध्ये माओवादीले ४ नगरपालिका र २ गाउँपालिकामा जितेको हो।
सिरहा दोस्रो संविधानसभाको चुनावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जित हासिल गरेको जिल्ला पनि हो।
जिल्लामा संघीय समाजवादी फोरमले ५ स्थानमा जितेको छ। राजपाले भने कुनै स्थानमा जित हासिल गर्न सकेन।
सिरहामा एमालेले ४ र कांग्रेसले २ स्थानमा जितेका छन्।
कसले कहाँ जिते, हेर्नुहोस् सूचीः
माओावादीः
मिर्चैया नगरपालिका– श्रवण यादव
अर्नामा गाउँपालिका– ठकु महतो कोइरी
कर्जन्हा नगरपालिका– गंगा पासवान
औरही गाउँपालिका– सिद्धार्थ यादव
धनगढी नगरपालिका– हरिनारायण चौधरी
गोलबजार नगरपालिका– देवजाथ साह
संघीय समाजवादी फोरमः
विष्णुपुर गाउँपालिका– जागेश्वर यादव
भगवानपुर गाउँपालिका– बेचनप्रसाद यादव
बरियापट्टी गाउँपालिका– सन्तोष कुमार महतो
लक्ष्मीपुर पतारी गाउँपालिका– रामबल्लभ साह
सिरहा नगरपालिका– अशेश्वरप्रसाद यादव
एमाले
सुखीपुर नगरपालिका– रामअवतार यादव
नरहा गाउँपालिका– रामशरण यादव
सखुवा नन्कारकट्टी गाउँपालिका– केदार यादव
लहान नगरपालिका– मुन्नी साह
कांग्रेसः
कल्याणपुर नगरपालिका– सूर्यानाथ मण्डल
नवराजपुर गाउँपालिका– विश्वमोहन यादव
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।